नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीले गरे आत्महत्या

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीले आत्महत्या गरेका छन् । काठमाडौं महानगरपालिका ४ स्थित गौतम अग्रवालको निर्माणाधीन घरबाट हाम फालेका हुन् ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतका अनुसार बिहीबार बिहान ७ बजेर १० मिनेटमा आफ्नै घरबाट हामफाल्दा घटनास्थलमै मृत्यु भएको हो । उनीले डिप्रेसनको औषधी खाईरहेको उनका परिवारले जनाएका छन् ।






