घटस्थापनाको अवसर पारेर फिल्म ‘एक’ रिलिज

निर्देशक मनोज पण्डितको फिल्म ‘एक’ रिलिज भएको छ । घटस्थापनाको अवसर पारेर रिलिज भएको यो फिल्म हलमा नभए डिजिटल प्लेटफर्म ओटिटीमार्फत रिलिज भएको हो । दर्शकले अहिले चलचित्र घरमा भन्दा ओटीटी प्लेटफर्ममा फिल्म हेर्ने देखेर डिजिटल रिलिज गरिएको निर्देशक पण्डितले बताए ।

‘फिल्म रिलिजका लागि अहिले ओटिटी प्लेटफर्म पनि राम्रो छ’ निर्देशक पण्डितले भने, ‘सिनेमाघर एप्लिकेशन, डिस होम, नेट टिभी, भए टिभी, म्याक्स टिभी र ओहो मुभिजमा सःशुल्क हेर्न सकिनेछ ।’ राजनीतिमार्फत देश टुक्रयाउन लागि परेको शक्ति विरुद्धको कथा प्रस्तुत गरिएको फिल्ममा विदेशी षडयन्त्रबाट नेपाललाई जोगाउन विशेष गुप्तचर निकाय ९रअ० जतिसक्दो चाँडो स्थापित गर्नुपर्छ भन्ने तथ्यलाई स्थापित गर्न यो फिल्मले ‘सीएसआई’ नामक एउटा जासूसी निकायको परिकल्पना गरेको छ । ‘देश जोगाउन एउटा इमान्दार एजेन्टले गर्ने संघर्ष फिल्मको द्वन्द्व हो’ पण्डितले थपे ।

विशाल पोखरेल, ज्योत्सना योगी, प्रमोद अग्रहरि लगायतको मुख्य भूमिका रहेको फिल्ममा निर्देशक पण्डितकै कथा रहेको छ । आत्मा गुरागाइँ र सोफी थापा निर्माता रहेको फिल्ममा दीपक बज्राचार्यको छायाँकन, भरतमणि रेग्मीको सम्पादन र प्रमोद खड्काको द्वन्द्व निर्देशन छ ।

फिल्ममा सवीर चुरौते, प्रमोद खड्का, विश्वान्त पोखरेल, मदन ठाकुर, सुरेश शाह, रामशरण पाठक, हरोण अलीको समेत अभिनय समेटिएको छ ।

घटस्थापनाको अवसर पारेर फिल्म ‘एक’ रिलिज

घटस्थापनाको दिन आज बाट दशैं सुरु,

Leave a comment

Your email address will not be published. Required fields are marked *