घटस्थापनाको दिन आज बाट दशैं सुरु,

काठमाडौ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैं आज (बिहीबार) देखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाउने गरिन्छ । दशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश पूजा गरी घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्पक राखेर त्यसमाथि जौ रोप्ने गरिन्छ ।

यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक मानेर पहेँलो जमरा लगाइन्छ । जमरामा जौबाहेक अरु अन्न रोप्ने प्रचरल रहे पनि शास्त्रीय विधि नभएको धर्मशास्त्रविद्हरुले बताउँछन् ।

घटस्थापनाको दिन आज बाट दशैं सुरु,

बढ्यो सुनचाँदीको भाउ

घटस्थापनाको दिन आज बाट दशैं सुरु,

घटस्थापनाको अवसर पारेर फिल्म ‘एक’ रिलिज

Leave a comment

Your email address will not be published. Required fields are marked *