भानुभक्त जोशीले छाडे एमाले, एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतमा माधव समूहमा रहेका नेतालाई पेलेको र एकलौटी पार्टी चलाउन थालेको भन्दै जोशीले एमाले छाडेका हुन् ।

नेता जोशीलाई समाजवादी पार्टीका अध्यक्ष नेपालले पार्टीमा स्वागत गरेका छन्। पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालसहित महासचिव बेदुराम भुसाल, राजेन्द्र पाण्डेलगायतको उपस्थिती थियो ।

साविक नेकपा हुँदा सुदुरपश्चिम प्रदेशको सह(इन्चार्ज रहेका जोशी एमाले समानान्तर कमिटीको प्रदेश अध्यक्ष थिए । उनलाई नेकपा (एस)को सचिवको जिम्मेवारी दिने तयारी छ ।

भानुभक्त जोशीले छाडे एमाले, एकीकृत समाजवादीमा प्रवेश

आजदेखि हलमा सिनेमाको प्रदर्शन सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *