वीरेन्द्रनगरमा २५ शय्याको कोभिड अस्पताल शुभारम्भ

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले २५ शय्याको कोभिड अस्पतालको शुभारम्भ गरेको छ । शुक्रबार वीरेन्द्रनगरममा रहेको (कटकुवा स्वास्थ्य चौकी) अर्थात कोभिड अस्पतालको नगर प्रमुख देवकुमार सुवेदी शुभारम्भ गरेका हुन् ।

कोरोनाको भाइरसको नयाँ भेरियन्ट तिव्ररुपमा फैलिएकोले यसबाट संक्रमितलाई उपचार गराउँन सहज हुने हिसाबले तत्कालको लागि १० बेड अक्सिजन सहितको २५ शय्या कोभिड अस्पतालको आजबाट सुरु गरिएको वीरेन्द्रनगर उप–प्रमुख महोनमाया ढकालले जानकारी दिइन् ।

उक्त कोभिड अस्पताललाई २५ शय्या बाट बढाएर ५० शय्या सम्म प¥याउँने नगरपालिकाको योजना रहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *