सिम्ताले तयारी गर्याे अक्सिजन सहितको ५० बेडकाे आइसुलेसन कक्ष 

दुर्गा विसि
सुर्खेतकाे उत्तरि पूर्वी क्षेत्रमा पर्ने  सिम्ता गाउँपालिकाले ५० बेडको आइसोलेसन कक्षको स्थापना गरेको छ ।अक्सिजन सहितको अाइसुलेसन कक्ष तयारी भए पछि स्थानीय समेत हर्शित वनेका छन् ।  गाउँपालिकाको वडा-४ स्थित बजेडीचौर स्वास्थ्यचौकीमा अक्सिजन सहितको ५० बेडको आइसोलेसन सेन्टरको स्थापना गरिएको जनाएको छ ।
गाउँपालिका भित्रका कोरोना संक्रमितलाई ध्यानमा राखेर सबैलाई पायक पर्ने गरी आइसोलेसन कक्षको सुरुवात गरिएको सिम्ता गाउँपालिकाका अध्यक्ष केविन्द्रकुमार केसीकाे भनाइ रहेको छ । अरु भन्दा फरक,नयाँ र पृथक काम गर्न रुचाउने केसि यतिबेला स्वास्थ्य शिविर लिएर जनताको घरदैलोमा छन् ।
‘बिरामीलाई लक्षित गरेर केही अक्सिजन सिलिन्डरको व्यवस्था गरेका छौँ,’ अध्यक्ष केसीले भने, ‘विद्युतबाट सञ्चालन हुने अक्सिजन मेसिन समेतको व्यवस्था गरेका छौँ । यदि कसैलाई थप उपचारका लागि बाहिर लानु परेमा अक्सिजनसहितको एम्बुलेन्स तयारी अवस्थामा राखेका छौँ ।’
अध्यक्ष केसीले गाउँगाउँमा कोरोनाको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य-चौकी नभएको क्षेत्र, टोल-टोलमा स्वास्थ्य जाँच गराइरहेको समेत बताए । ‘स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य-चौकी नभएको क्षेत्रमा घरमै गएर स्वास्थ्य जाँच गरिरहेको छ,’ उनले थपे, ‘टोली गाउँपालिकाका सबै वडामा पुग्ने छ ।याे कार्य यहि २५ गतेसम्म जारि रहनेछ । यसलाई अझै थप व्यवस्थापन गरेर अघि बढ्ने छौँ ।’
गाउँघर स्वास्थ्य शिविरबाट निकै फाइदा भएको जनाएको छ ।स्थानीयले समेत घरमै स्वास्थ्यकर्मी अाएर स्वास्थ्य चेकजाँच र औसधि उपचार तथा स्वास्थ्य परामर्श पाए पछि खुलेर प्रशंसा गरेको भेटिन्छ । अधिकांश ज्वराे,रुघाखोकी,टाउको दुख्ने लगाएका विरामिले याे सुविधा लिएको शाखा संयोजक विरेन्द्र पुनकाे भनाइ रहेको छ ।निशुल्क स्वास्थ्य परिक्षणसँगै औसधि समेत वितरण गरिएको छ ।
सिम्ताले तयारी गर्याे अक्सिजन सहितको ५० बेडकाे आइसुलेसन कक्ष 

दूध बिक्री नहुँदा गाईलाई नै खुवाउन बाध्य

सिम्ताले तयारी गर्याे अक्सिजन सहितको ५० बेडकाे आइसुलेसन कक्ष 

वीरेन्द्रनगरमा २५ शय्याको कोभिड अस्पताल शुभारम्भ

Leave a comment

Your email address will not be published. Required fields are marked *