घटस्थापनाबाट गणेश चौकमा नवरात्र महोत्सव

सुर्खेत । यस वर्षको दशैँ भोलीबाट शुरु हुन लागेको छ । वीरेन्द्रनगरको गणेश चौकमा रहेको गणेश मन्दिर अगाडी मौलिक परम्पराको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने उदेश्यले नवरात्र महोत्सव शुरु गर्न लागिएको हो । महोत्सवमा दशैँको टीकाको अघिल्लो दिनसम्म विविध कार्यक्रमको आयोजना गरिनेछ ।

दैनिक जसो योग ध्यान साधना, नृत्य पूजा अर्चना, सप्त सति पाठ, रामचरित्र मानस नवा पाठ, प्रवचन(सप्तसंग, सन्ध्या आरती पुष्पाञ्ली, भजन, कृतन र नृत्य सञ्चालन गरिने आयोजकले जनाएको छ । कलश यात्रा बजार परिक्रमापछि गणेश मन्दिरमा पुगेर महोत्सवको उद्घाटन गरिने भएको छ। ।






