सुरु भयो प्रथम कालभैरव खुल्ला जुनियर उसु प्रतियोगिता

काठमाडौं : प्रथम काल भैरव खुल्ला जुनियर उसु प्रतियोगिता बुधबार काठमाडौंमा शुरु भएको छ। काल भैरव उसु क्वानको आयोजनामा दशरथ रंगशालास्थित मिनि कभर्डहलमा शुरु भएको हो।

प्रतियोगितामा ४० भन्दा बढी उसु क्वानका करिब ३ सय खेलाडीको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष निकेश श्रेष्ठले जानकारी दिए।

प्रतियोगिताअन्तर्गत सान्सौमा २० र थाउलोमा १८ गरि जम्मा ३८ स्पर्धामा प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक अमर पुलामी मगरले बताए। ​

जुनियरबाटै भविष्यमा प्रतिभावान खेलाडी पहिचान गर्न सकिने भएकोले प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ।

आयोजकका अनुसार कोभिड–१९ का कारण लामो समय उसुका कुनै प्रतियोगिता नभएकोले उसु खेलसँग आबद्ध व्यक्तित्व मिलेर प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगिताले खेलाडीमा नयाँ जोश र ऊर्जा थप्नुका साथै उनीहरूको स्तर वृद्धिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको प्रतियोगिताका सचिव हरिप्रसाद गोलेले बताए।

साथै १३ औँ दक्षिण एसियाली खेलकुदमा सहभागी उसु खेलाडीलाई सम्मान गरिने जानकारी गोलेले दिए।

सुरु भयो प्रथम कालभैरव खुल्ला जुनियर उसु प्रतियोगिता

घटस्थापनाबाट गणेश चौकमा नवरात्र महोत्सव

सुरु भयो प्रथम कालभैरव खुल्ला जुनियर उसु प्रतियोगिता

YUGAAWHAN NATIONAL DAILY (2078-6-21)

Leave a comment

Your email address will not be published. Required fields are marked *