१९ बर्षको उमेरमै सरकारी सेवामा प्रवेश


भिमनिधि उपाध्याय

नायव सुब्बा, सडक डिभिजन कार्यालय, सुर्खेत

सडक डिभिजन कार्यालय सुर्खेतका नायव सुब्बा हुन् भिमनिधि उपाध्याय । १९ बर्षको उमेरमै निजामति क्षेत्रमा प्रवेश गरेका उनी सार्वजनिक सेवा प्रवाहलाई सरल र सहज बनाउन सेवाग्राहीको जागरुकता र प्रविधिमैत्री जनशक्ति आवश्यक पर्ने देख्छन् । सेवाग्राही जति सचेत बन्यो, सेवाप्रवाह त्यति नै छिटो र सरल बनाउन सकिने उनको अनुभव छ । आधुनिक प्रविधिको प्रयोग र नागरिकहरु सचेत हुँदा नागरिकले चाहेअनुसार नै सेवा प्रवाह सरल हुन्े उनको तर्क छ । प्रस्तुत छ, निजामति क्षेत्रमा एक दशक विताई सकेका उनै उपाध्यायको जीवन भोगाइ र निजामति क्षेत्रको अनुभवमा केन्द्रीत रहेर गरिएको कुराकानीको सम्पादित अंश  :

सुखद् बाल्यकाल

आमा यज्ञकुमारी र बुवा नारान्न उपाध्यायबाट २०४८ साल चैत्र २४ गते भिमनिधिको जन्म भएको हो । दैलेखको नारायण नगरपालिका–६ भूर्ती उनको जन्मभूमि हो । साथीभाईसँग हाँस्दै खेल्दै हुर्किए । जेठो सन्तान भए पनि उनले मेलापात गर्नु परेन । सानोमा डन्डिवियो खेल्न निकै मन पराउँथे ।

फूसर्द भयो कि साथीसिंगी मिलेर डन्डीबियो खेल्न पुगिहाल्थे । मध्यम बर्गिय परिवारमा जन्मिए पनि बाल्यकाल निकै सुखद् रह्यो । घरायसी कामहरु गर्नु परेन । ‘ कहिलेकाँही बाआमालाई सघाउँथे, मेलापात गर्नुपर्ने अवस्था थिएन’ उनी भन्छन्, ‘बाल्यकाल त गज्जवकै रमाइलो थियो ।’ बुवा शिक्षक भएका कारण अभावहरु परेन । रोजेकै लाउन र खान पाए ।

बाआमाको माया ममतामै हुर्किए । हाँसखेलमै बाल्यकाल विताए । उनले उच्च शिक्षा पढ्दा भने केही अप्ठेरा क्षणहरु गुजारे । पहिलो पटक घर छोडेर सुर्खेत झर्दा एक्लो महसुस गरे । ‘सुर्खेतमा मन मिल्ने साथीहरु कोही थिएनन्, आफन्तको घरमा बसे पनि एक्लो महसुस हुन्थ्यो’ उनी भन्छन्, ‘त्यो बेला घर जान पाइने दिन दिन गनेर बस्थेँ ।’

अभाव र अप्ठेरो नभए पनि त्यो समय उनका लागि निकै पीडादायिक क्षण बनेको थियो । तर यही सुर्खेतले उनलाई खुशी थियो । जीवनको लक्ष्यमा डो¥यायो । पढ्दापढ्दै सुर्खेतबाट निजामति सेवामा प्रवेश गरे । पहिलो पटक पासगर्दा जीवनको सबैभन्दा धेरै खुशी मिल्यो ।

हाजिरीजवाफ छुटाएनन

भिमनिधिले गाउँकै नारायण प्राथमिक विद्यालयबाट औपचारिक पढाइ सुरु गरे । कखरादेखि कक्षा ५ सम्म गाउँमै पढे । कक्षा ६ देखि १० सम्मको पढाइ त्रिभूवन माध्यमिक विद्यालय दैलेख बजारबाट पुरा गरे ।

२०६३ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तिर्ण गरे । त्यसपछि उच्च शिक्षा अध्ययन गर्न सुर्खेत झरे । जन उच्च माध्यमिक विद्यालयबाट प्लसटु (११ र १२) र तत्कालीन वीरेन्द्रनगर बहुमुखी क्याम्पसबाट स्नातक गरेका उनले जनप्रशासन क्याम्पस काठमाडौँंबाट स्नातकोत्तर गरेका छन् ।

पढाइमा उनी कहिले प्रथम त कहिले मध्यम स्तरमा पुग्थे । प्राथमिक तहसम्म कहिले प्रथम त कहिले दोस्रो हुन्े उनी माध्यमिक तहमा टपटेन विद्यार्थीमा पर्थे । क्याम्पस तहमा उनको पढाइ मध्यमस्तरमा पुगेको थियो । पढाइका अतिरित्त उनी हाजिरीजवाफ र वक्तित्वकला प्रतियोगितामा विशेष रुचि राख्थे । कक्षा ४ देखि क्याम्पस तहसम्म कहिले पनि हाजिरीजवाफ प्रतियोगिताहरु छुटाएनन् । हाजिरीजवाफप्रतिको यही रुचि र लगावका कारण कुनै समय उनी सामान्य ज्ञान र रोजक जानकारीमा पोक्त मानिन्थे ।

पहिलो पटकमै लोकसेवा पास

भिमनिधिका काका र दाईहरु सरकारी जागिरे थिए । उनी सानो छदा गाउँका अधिकांश युवाहरु लोकसेवाको तयारी गर्थे । अग्रजले जागिर निजामतिकै खानुपर्छ भन्थे । गाउँघरको यही परिवेशले सानैदेखि निजामति सेवाप्रति सकारात्मक छाप प¥यो । उनले पनि निजामति कर्मचारी बन्ने एसएलसी पछिको एकमात्र लक्ष्य लिए । लोकसेवा पास गर्न सहज हुन्छ भनेर अर्थशास्त्र विषय अध्ययन गरे ।

स्नातक पढ्दै गर्दा लोकसेवा दिएका उनी पहिलो पटकमै सफल भए । ‘लोकसेवा पास हुन्छ जस्तो लागेकै थिएन’ उनी भन्छन्, ‘ख्यालख्यालमै परीक्षा दिएको पहिलो पटकमै पास भएँ ।’ उसो त उनीमा लोकसेवाप्रति लगाव थियो, तर धेरै दुःखहरु गर्नु परेन । क्याम्पस पढ्दा लोकसेवाको त्यति राम्रो तयारी गर्न पाउँथेनन् । ‘क्याम्पसको पढाइले गर्दा फुर्सद हुन्थेन’ उनी भन्छन्, ‘साथीहरुले लोकसेवाका नोटहरु बनाउँथे, म त उनीहरुकै नोटहरु पढ्थेँ ।’

साथीहरुसँगको सामूहिक छलफल र उनीहरुकै नोटले लोकसेवा पास गर्न सहज भएको उनको तर्क । भिमनिधिसँगै एउटै वडाका आधा दर्शन साथीहरुले एकैपटक लोकसेवा पास गरेका थिए । उनी क्याम्पस पढ्दापढ्दै २०६७ चैत्र २१ गते निजामतिमा प्रवेश गरेका भिमनिधि उपाध्याय नायव सुब्बा, सडक डिभिजन कार्यालय, सुर्खेत हुन् । खरिदार पास हुँदा उनी भर्खर १९ बर्षको थिए । जिल्ला हुलाक कार्यालय बाँके पहिलो कर्मथलो हो । त्यहाँ करिव साढे दुई बर्ष विताए ।

त्यसपछि तत्कालीन सहकारी डिभिजन कार्यालय सुर्खेत सरुवा भए । त्यसको करिव तीन बर्षपछि अर्थात २०७४ सालमा खुल्ला प्रतिस्पर्धाबाट नायव सुब्बा पास गरे । त्यसपछि रुकुमपश्चिमको समसोतिष्ण बीउ उत्पादन केन्द्रमा पुगे । करिव साढे एक बर्षपछि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सुर्खेतमा फर्किए । कर्मचारी समायोजनमा संघ रोजेका उनले तत्कालीन समयमा सडक क्षेत्र विकास आयोजनामा खटिए । पछिल्लो तीन बर्षदेखि उनी सडक डिभिजन कार्यालय सुर्खेतमा कार्यरत छन् ।

प्रविधिमैत्री जनशक्ति आवश्यक

भिमनिधिले निजामति क्षेत्रमा एक दशक विताई सकेका छन् । विभिन्न कार्यालको सेवा गरिसकेका छन् । उनी सार्वजनिक सेवा प्रवाह सरल र सहज बनाउन नागरिक आफै सचेत हुन्ुपर्ने ठान्छन् । ‘नागरिक जति सचेत भयो, सार्वजनिक सेवाप्रवाह त्यति नै छिटो र सरल हुन्छ’ उनी भन्छन्, ‘सेवाग्राही सचेत नहुँदासम्म सेवा प्रवाह सहज हुँदैन ।’

सेवाग्राही सचेत नभएकै कारण कार्यालयहरुले सेवा प्रवाहलाई आधुनिककीकरण नगरेको उनको तर्क छ । आधुनिक प्रविधिको सदुपयोग र प्रविधिमैत्री जनशक्ति भएको खण्डमा सार्वजनिक सेवा नागरिकले चाहे अनुसार नै सरल र सहज बनाउन सकिने उनको तर्क छ ।

१९ बर्षको उमेरमै सरकारी सेवामा प्रवेश

१६० निर्वाचन क्षेत्रको सकियो कांग्रेस अधिवेशन

१९ बर्षको उमेरमै सरकारी सेवामा प्रवेश

कर्णाली राजमार्गबाट कर्णाली करिडोर जोड्ने खुलालु पुल

Leave a comment

Your email address will not be published. Required fields are marked *