प्रतिनिधिसभामा एमालेको अवरोध कायमै, अर्को बैठक असोज २२ मा

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध कायमै राखेको छ । एमालेको अवरोधका बीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर काकीले मंगलबार राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरेका छन् ।







