सुर्खेतमा ६१ वर्षीय महिलाको कोरोनाबाट मृत्यु

सुर्खेत । कोरोना संक्रमण पुष्टी भएपछि उपचार गराइरहेकी एक महिलाको मृत्यु भएको छ । वीरेन्द्रनगर ६ की ६१ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको हो । दीर्घरोगी उहाँको उपचारकै क्रममा मृत्यु भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननीधि वाग्लेले बताए ।
‘उनमा सुगर लगायतको समस्या पनि रहेछ, चिकित्सकले उपचारको सबै विधि अपनाउँदा पनि बचाउन सकिएन,’। वाग्लेले भने परिवारले नै अन्त्यष्टी गर्ने भनेपछि कार्यालयले आवश्यक सामग्री प्रदान गरेर स्वास्थ्य मापदण्डका पालना अपनाउन सिकाएको वाग्लेको भनाई छ । ‘उहाँहरुले नगर्ने भए हामीले नेपाली सेनाको समन्वयमा अन्त्यष्टी गर्ने तयारी पनि थालेका थियौं,’ वाग्लेले भने, ‘परिवारले नै आफै गर्छौं भनेपछि आवश्यक अन्त्यष्टी गर्ने विधि सिकाइ दिएका छौं ।’
सुर्खेतमा कोभिड संक्रमितका संक्रिय विरामीको संख्या १३७ रहेको छ । यीमध्य १३० जना होम आइसोलसनमा छन् भने बाँकी सात जनाको कोभिड विशेष अस्पताल कालागाउँमा उपचार भइरहेको छ । यीमध्य दुई जनाको आइसीयूमा राखेर उपचार भइरहेको वाग्लेले बताए ।






