कठपुतलीलाई विन्टर फिल्म फेस्टिवलमा दुई अवार्ड

काठमाडौंः नेपाली फिल्म कठपुतलीः द पपेटुले विन्टर फिल्म फेस्टिवलमा दुई अवार्ड हात पारेको छ । भीमसेन लामा निर्देशित उक्त फिचर फिल्मले उत्कृष्ट हरर फिचर फिल्म र इन्डी पिक्स अवार्ड गरी दुई अवार्ड जितेको हो । पृथ्वी राना मगरको निर्माणमा बनेको फिल्ममा कर्म, उषा रजक, मिथिला शर्मा, गौरी मल्ल, शिल्पा मास्के लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । फिल्मको कथा, पटकथा एवं संवाद सम्पदा मल्लको हो ।

अमेरिकाको न्युयोर्कमा सम्पन्न फेस्टिवलबा ुकठपुतलीु प्रिमियर भएको हो । त्यस्तै‚ हर्टल्यान्ड इन्टरनेशनल फिल्म फेस्टिवलमा पनि यस फिल्म छनोट भएको छ ।

नेपालमा असफल मानिने हरर जनराको नेपाली फिल्मले विदेशी फिल्म फेस्टिवलमा अवार्ड नै जित्नु सिंगो उद्योगका लागि खुशीको कुरा हो । अवस्था सामान्य भए फिल्म नेपालमा पनि यसै वर्ष प्रदर्शनमा ल्याउने तयारी रहेको निर्माण पक्षले जनाएको छ ।

कठपुतलीलाई विन्टर फिल्म फेस्टिवलमा दुई अवार्ड

सुर्खेतमा ६१ वर्षीय महिलाको कोरोनाबाट मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *