प्रधानन्यायाधीशले बोलाए सर्वोच्चका न्यायाधीशहरुको बैठक

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बोलाएका छन् । बैठक मध्यान्ह २ बजेदेखि सुरु हुनेछ । पूर्ण बैठक (फूलकोर्ट)मा दसैं बिदाको अवधिमा मुद्दा सुनुवाई गर्ने न्यायाधीशहरु तोक्ने एजेन्डामा छलफल हुने सर्वोच्च अदालतका प्रवक्ता (सह रजिष्टार) बाबुराम दाहालले बताए ।

घटनास्थापनादेखि नै सर्वोच्च अदालतमा बिदा हुन्छ । तर, बन्दीप्रत्यक्षीकरण लगायतका मुद्दामा सुनुवाई रोकिँदैन । बिदामा त्यस्ता मुद्दामा सुनुवाई गर्ने न्यायाधीशहरुको नाम तय गर्न फूलकोर्टको बैठक राखिएको दाहालले जानकारी दिए । यसबाहेक प्रधानन्यायाधीशको विषयमा उठेका सवालहरूबारे पनि छलफल हुनसक्ने बताइएको छ ।

प्रधानन्यायाधीशले बोलाए सर्वोच्चका न्यायाधीशहरुको बैठक

प्रतिनिधिसभामा एमालेको अवरोध कायमै, अर्को बैठक असोज

प्रधानन्यायाधीशले बोलाए सर्वोच्चका न्यायाधीशहरुको बैठक

YUGAAWHAN NATIONAL DAILY (2078-6-19)

Leave a comment

Your email address will not be published. Required fields are marked *