हराएका २१ मोटरसाइल फेला पारी धनीलाई जिम्मा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएकामध्ये २१ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । हस्तान्तरण गरिएका २४ मध्ये १० वटा मोटरसाइकल र ११ वटा स्कुटर रहेका छन् ।

मंगलबार ट्राफिक प्रहरी महाशाखाबाट खटिएको सादा पोशाकको टोलीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएका मोटरसाइकलहरू महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गरेका छन् ।

एसएसपी भट्टराईले विशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको इलाकाबाट मोटरसाइकलहरू बरामद गरिएको र चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागी तत्कालै विभिन्न प्रहरी बृत्तहरुमा पठाउने गरेको जानकारी दिए ।

उनले हराएका मोटरसाइकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको छ तर अब भने हराउनै नदिनका लागि धनी समेत विशेष चनाखो र सजक हुनुपर्ने दिन आएको बताए ।

पछिल्लो समय उपत्यकाबाट दुईपाङ्ग्रे सवारी साधनमध्ये डियो स्कुटर र पल्सर मोटरसाइकल बढी चोरी हुने गरेको महाशाखाको तथ्यांकले देखाएको छ। धनीले दिएको निवेदन हुलियाको आधारमा विभिन्न पार्किङ स्थलहरूबाट समेत नियन्त्रणमा लिएका महाशाखाले जनाएको छ। महाशाखाले पछिल्लो समय सवारी साधन चोरी घटनालाई कम गर्न एवं नियन्त्रण गर्ने अभियानलाई प्रभावकारी एव परिणाममुखी बनाउन सादा पोशाकमा थप ट्राफिक प्रहरी परिचालन गरेको छ।

यस आर्थिक वर्षमा हराएका ३२६ मोटरसाइकलमध्ये १४६ मोटरसाइकल नियन्त्रणमा लिएको छ। १४६ मध्ये १२२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको र अन्य २४ वटाको धनी पत्ता लगाउने कार्य भैरहेको महाशाखाले जनाएको छ। मोटरसाइकल चोरीमा संलग्न १९ जना व्यक्तिलाई विभिन्न स्थानहरुबाट चोरीका मोटरसाइकलसहित पक्राउ गरि सम्बन्धित प्रहरी वृत्तहरुमा कारबाहीका लागि पठाएको समेत महशाखाले जनाएको छ ।

हराएका २१ मोटरसाइल फेला पारी धनीलाई जिम्मा

पाँच सयले बढ्यो सुनको भाउ

Leave a comment

Your email address will not be published. Required fields are marked *