काँग्रेसमा महाधिवेशन प्रतिनिधिमा पराजितहरु जिल्ला कार्यसमितिमा उम्मेदवार हुन पाउने

नेपाली काँग्रेसले महाधिवेशन प्रतिनिधिमा पराजितहरुले जिल्ला कार्यसमितिमा उम्मेदवारी दिने व्यवस्थालाई प्रस्ट पारेको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जिल्ला कार्यसमितिको सभापतिबाहेक पदमा महाधिवेशन प्रतिनिधिमा पराजितहरुले उम्मेदवार हुन पाउने कुरालाई प्रस्ट पारेको हो । काँग्रेस निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले सोमबार एउटा परिपत्र जारी गरि महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि जिल्ला सभापति बाहेकका पदमा उम्मेदवार हुन पाउने उल्लेख छ ।


उनका अनुसार उक्त व्यवस्था दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्लामा मात्र लागू हुनेछ। काँग्रेस निर्वाचन समितिका सदस्य गोल कृष्ण घिमिरेका अनुसार यो नयाँ व्यवस्था होइन । १२ औं महाधिवेशनदेखि निर्वाचन समितिमा बसेर काम गरिरहेका उनले रातोपाटीलाई भने, ‘यो नयाँ व्यवस्था होइन । यो विधानमै व्यवस्था छ । तर धेरै निर्वाचन अधिकृतले यो कुरा नबुझेर महाधिवेशन प्रतिनिधिमा पराजितले जिल्ला कार्यसमितिमा उम्मेदवार हुन पाइँदैन भन्ने अर्थ लगाउन थाले । अनि हामीले निर्णय गरेर पठाएका हौं ।’

सोमबार गोरखाको जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा पराजितलाई जिल्ला कार्यसमितिको उम्मेदवार बन्न निर्वाचन अधिकृत रोक लगाउनु खोजपछि उक्त निर्णय गरिएको उनको भनाइ छ । घिमिरेले भने, ‘१३ औं महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएकाहरुले जिल्ला सभापति बाहेकमा उम्मेदवार हुन पाउनु भएको थियो ।’

काँग्रेसमा महाधिवेशन प्रतिनिधिमा पराजितहरु जिल्ला कार्यसमितिमा उम्मेदवार हुन पाउने

हराएका २१ मोटरसाइल फेला पारी धनीलाई जिम्मा

Leave a comment

Your email address will not be published. Required fields are marked *