पाँच सयले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला पाँच सयले बढेर ९० हजार ३०० कायम गरिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ३०० तोकिएको हो । छापावाल सुन सोमबार प्रतितोला ८९ हजारमा ८०० मा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुनको आजको कारोबार मूल्य प्रतितोला ८९ हजार ८५० कायम गरिएको छ जुन सोमबार प्रतितोला ८९ हजार ३५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला रु एक हजार १६० मा कारोबार भएको चाँदी पनि सोही मूल्यमा कारोबार हुनेछ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७६० अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।

पाँच सयले बढ्यो सुनको भाउ

नेपाल बार एशोसिएसनले भागबण्डा खोजेको भनेर आएका

पाँच सयले बढ्यो सुनको भाउ

हराएका २१ मोटरसाइल फेला पारी धनीलाई जिम्मा

Leave a comment

Your email address will not be published. Required fields are marked *