नेपाल बार एशोसिएसनले भागबण्डा खोजेको भनेर आएका समाचारप्रति चिन्ता प्रकट

काठमाडौं । नेपाल बार एशोसिएसनले मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशले समेत भागबण्डा खोजेको भनेर आएका समाचारप्रति चिन्ता प्रकट गरेको छ । साथै बारले संवैधानिक निकायका प्रमुखसँग यस्तो विषय जोडिनु असंवैधानिक र खेदजनक भनेको छ ।

महासचिव लीलामणि पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै समाचारमा आएजस्तो कार्य कही कतैबाट हुन लागेको छ वा भइरहेको छ भने तत्काल त्यसलाई रोकी शक्ति पृथकीकरणको सिद्धान्त, नियन्त्रण र सन्तुलनको सिद्धान्त र संवैधानिक सर्वोच्चता कायम राखी सुशासन कायम गर्न अनुरोध गरेका छन् ।

‘यदि यो विषयलाई सामान्य रुपमा लिइ अगाडि बढ्ने प्रयास भएमा नेबाए न्यायपालिका र यसको नेतृत्व विरुद्ध मात्र होइन सरकारविरुद्ध पनि कडा विरोध र आन्दोलनका कार्यक्रमहरु गर्न बाध्य हुने व्यहोरा जानकारी गराउँदै सम्पुर्ण कानुन व्यवसायी, पेशा व्यवसायीका साथै आम नागरिकहरूमा अपिल गर्दछौँ ,’ नेपाल बारको चेतावनी छ ।

नेपाल बार एशोसिएसनले भागबण्डा खोजेको भनेर आएका समाचारप्रति चिन्ता प्रकट

पोखरामा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ

नेपाल बार एशोसिएसनले भागबण्डा खोजेको भनेर आएका समाचारप्रति चिन्ता प्रकट

पाँच सयले बढ्यो सुनको भाउ

Leave a comment

Your email address will not be published. Required fields are marked *