एउटै पार्टी बनेर लड्ने कुरा हुन्न भनेर तत्काल जवाफदेछि प्रचण्ड कमरेड अताल्लिन थाल्य

प्रचण्ड कमरेड अर्काे जनयुद्ध गर्छु भन्दै हुनुहुन्छ । पार्टीभित्र नी घेरे, बाहिर नी घेरे । अब अर्काे जनयुद्ध नगरी भएन भनेर पार्टी छोडेर गैसक्या नेताहरुलाई नी आओ जनयुद्ध गरौँ भनेर निम्ता गरेछि अर्काे कुनाट बावुरामले फेरि हामी एकठाँ हुने भन्या त त्यस्तै हो कमरेड, चुनावी तालमेल हुनसक्छ । तर एउटै पार्टी बनेर लड्ने कुरा हुन्न भनेर तत्काल जवाफदेछि प्रचण्ड कमरेड अताल्लिन थाल्नु भाछ । यतिका बर्ष एक्लैले पार्टी नेता भैखा बेलाँ अहिल्या नेतारु निडर र डरपोक नभा कारण चुनावाँ आफ्नाविरुद्ध लडेर भ्याउने हुन कि भन्ने डरले नी प्रचण्ड जनयुद्धको कुरा गर्दै हिँड्या हुन सक्छ ।

अर्काे जनयुद्ध लड्नपर्ने नै हो भने त अघिल्लो जनयुद्धबाट थाकेर लखतरान पर्या र अपाङ्ग भएर जीवन विताईरा मान्छ्या चिल्लिविल्लि नपार्देकोभा सायद प्रचण्डले उर्दि गर्ने वित्तिकै मान्छे उर्लेर आउँथे होला । अनमिनमा दर्ता गराउने बेलासम्म १७ हजार जनसेना कमाण्डर बन्या कमरेड, अनमिनले तेरा सेना ल्याएर देखा भन्दा सेनाजति खोलाले बगाए भनेर ठट्टा गर्याझैँ अर्काे जनयुद्धनि ठट्टैपो होकि गाँठे ।

एमालेसित एकीकरण भएछि पार्टी र आफ्नो स्थिति बल्लियो बनाउँछु र कुनै दिन सरकार र पार्टीयाँ आफ्नै हालिमुहाली चलाउँछु भनेर सबै कमिनिष्ट एक हुम् भनेर चलाको हल्लाले ७४ राँ २ तिहाई नि आयो, पार्टी एकता नी टुङ्गा पुग्यो । अनि बिस्तारै अब केही हुन्छ ओली पछिको पालो आफ्नै हो भनेर मख्ख परेर बस्याबेलाँ माधव नेपालले खोज्या भागबण्डाको लडाईँमा हाँमा हाँ मिलाउँदा कताट लहरो तान्दा पहरो गर्ज्यो भनेझै नेताबीचको लडाइँमा अदालतले तिमरु दुईटा पार्टी एक हुन सक्दैनौ भनेर भन्देछि ओलीबाले नी यै हो मौका भनेर माधव र प्रचण्डलाई पार्टीबाट अलग्याईदेछि अबको चुनाबाँ कसरी खुट्टा टेक्ने हो भनेर प्रचण्ड कमरेड अनेकन जुक्तिको उपायाँ हुनुहुन्छ ।

तर ती जुक्तिले काम गर्ने हुन्नकी हैनन बडा संकट पो पैदाभाछ हहिले माओवादीयाँ । कतै आउने चुनाबाँ राप्रपा भन्दा नी तल गइने त हैन भन्ने डरले अध्यक्ष कमरेडलाई सताउँदा अहिले बोल्नुपर्ने नबोल्ने नबोल्नुपर्ने बोल्नुपर्ने अबस्था आ जस्तो लाईराछ । त्यसैले माओवादी कमरेडहरु आफ्नो अध्यक्षलाई निरास हुन नदिनोस् ।
एमाल्याँ ओलीबाको धेरैलामो समय राज चल्ला जस्तो देखिन्न । ह्वाँको शेषपिछ फेरि एमालेसितै एकीकरण नहोला भन्ने के ग्यारेन्टी भो र ? त्यसैले अहिले ओलीबालाई सत्तोसराप गाली गरे नी अरुलाई चाइँ बाँकि राख्नोस् । के भन्न सकिन्छ, भोलि तिनैसित पो मिलेर जानुपर्छ कि ?

एउटै पार्टी बनेर लड्ने कुरा हुन्न भनेर तत्काल जवाफदेछि प्रचण्ड कमरेड अताल्लिन थाल्य

धुलियाबिट–बोटेचौर सडक खण्ड तिहार लगत्तै कालोपत्रे गर्ने

एउटै पार्टी बनेर लड्ने कुरा हुन्न भनेर तत्काल जवाफदेछि प्रचण्ड कमरेड अताल्लिन थाल्य

कांग्रेस महाधिवेशन : निधि, कोइराला र सिंह

Leave a comment

Your email address will not be published. Required fields are marked *