एक महिनामै भत्कियो २६ करोडको कालोपत्रे, फोटो बन्यो भाइरल

काठमाडौं । कालोपत्रे गरेको एक महिना नबित्दै भत्किएको सडककाे तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। उक्त सडक सिन्धुलीको दुधौली नगरपालिकाको हो।

नगरपालिकाको वडा नम्बर १० लखिमाबाट वडा नम्बर १३ ठाकुर दमारसम्म जाने सडकखण्डमा गरिएको कालोपत्रे एक महिना नबित्दै उप्किएको स्थानीयले बताएका छन्।

१२.५ किलोमिटर लम्बाइको यो सडक दुई खण्डमा विभाजित गरेर पिच गरिएको थियो। त्यसमध्ये तीन किलोमिटर खण्डको पिच भत्किएको छ। निर्माण कम्पनीले हतारहतारमा राति पानी परेको समयमा सडक पिच गरेकाले एक महिना नपुग्दै भत्किएको स्थानीयले बताएका छन् ।

स्थानीय पूर्वाधार विभागले १५ पुस ०७५ मा सडक निर्माणका लागि २५ करोड ८० लाखमा इसिआई कन्काई जेभीलाई ठेक्का दिएको थियो । पूर्वाधार विकास विभागका मातहत सडकको नियमन गरेका इन्जिनियर राजेन्द्र भण्डारीले तोकिएको मापदण्डअनुसार नै सडक बनेको दाबी गरेका छन् ।

एक महिनामै भत्कियो २६ करोडको कालोपत्रे, फोटो बन्यो भाइरल

योगेश भट्टराईको दाबी : प्रतिनिधिसभा फेरि पुनःस्थापना

एक महिनामै भत्कियो २६ करोडको कालोपत्रे, फोटो बन्यो भाइरल

एसईईको नतिजा साउनभित्र प्रकाशित हुने

Leave a comment

Your email address will not be published. Required fields are marked *