फिलिपिन्समा सैन्य विमान दुर्घटना, ४० को उद्धार

एजेन्सी । फिलिपिन्समा सैन्य विमान आइतबार बिहान दुर्घटना भएको छ । सेना प्रमुख जनरल सिरिलितो सोबेजानाले जलिरहेको सि-१३० विमानबाट ४० जनालाई उद्धार गरिएको छ। बाँकीको उद्धार कार्य भइरहेको छ ।
दुर्घटनाको समयमा विमान सुलु राज्यको जोलो टापुमा अवतरण गर्न खोजिरहेको जनाइएको छ। सोबेजानाले राहत र उद्धार टोलीहरू घटनास्थल पुगिसकेका छन् । यात्रारत व्यक्ति भर्खरै आधारभूत सैन्य प्रशिक्षण लिएका थिए ।
ती व्यक्तिहरू आतंकवादी गतिविधिहरूको लागि प्रसिद्ध टापुहरूमा खटाइनुपर्ने थियो । ती टापुमा अपहरण गर्नु सामान्य मानिन्छ। त्यसैले त्यहाँ धेरै व्यक्तिहरू सुरक्षित रहन सिपाही हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छ न्।






