बुटवलको एक सलाई उद्योगमा आगलागी हुँदा चार करोड रुपैयाँभन्दा धेरैको क्षति

काठमाण्डौ : बुटवलको एक सलाई उद्योगमा आगलागी हुँदा चार करोड रुपैयाँभन्दा धेरैको क्षति भएको छ ।

बुटवल उपमहानगरपालिका–१६ मा रहेको महालक्ष्मी सलाई उद्योगमा गएराति आगो लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फ्याक्ट्रीमा गएराति ८ बजेदेखि १२ बजेसम्म आगलागी भएको हो।

आगलागी हुँदा चार करोड रुपैयाँभन्दा बढीको क्षति भएको उद्योगका सञ्चालक राजेन्द्र ढकालको दाबी छ । रुपन्देहीसहित छिमेकी जिल्लाका पालिकाबाट आएका ८ वटा दमकलले चार घण्टामा आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताउनु भयो।

बुटवल तिलोत्तमा नगरपालिका, सिद्धार्थ नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका र गैडहवा गाउँपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको हो।

बुटवलको एक सलाई उद्योगमा आगलागी हुँदा चार करोड रुपैयाँभन्दा धेरैको क्षति

आज सुनको भाउ पाँचसय रुपैयाँले घट्यो

बुटवलको एक सलाई उद्योगमा आगलागी हुँदा चार करोड रुपैयाँभन्दा धेरैको क्षति

एमाले भगवतिमाईको अध्यक्षमा नरेन्द्र शाही

Leave a comment

Your email address will not be published. Required fields are marked *