चार बर्षमा दुई हजारबढी अपराध

सुर्खेत । सुर्खेत जिल्लाभर पछिल्लो चार बर्षको अवधिमा सुर्खेतमा दुईहजार तीनसय ३४ वटा अपराधका घटना घटेका छन् । जसमध्ये आर्थिक वर्ष २०७४/०७५ मा जम्मा चारसय ९६ वटा, २०७५÷०७६ मा ६ सय ९६ वटा, २०७६/०७७ मा ६ सय ६२ वटा र चालु आर्थिक वर्षमा पाँचसय २० वटा घटनाहरु भएका छन् ।

घटनामध्ये सामाजिक अपराध सम्बन्धि पाँचसय २२, आत्महत्याका चारसय ३३, महिला तथा बालबालिका सम्बन्धि चारसय १५, ज्यान सम्बन्धि तीन सय ५७, चोरी सम्बन्धि एकसय ११, संगठिक तथा आर्थिक अपराध सम्बन्धि तीनसय १४, सवारी सम्बन्धि एकसय ३८ र अन्य ४३ गरी कुल दुई हजार तीन सय ३४ वटा अपराधका घटना घटेका छन् ।
यसैबीच सुर्खेतका प्रहरी प्रमुख (एसपी) पदम विष्टले सबै पक्षसँग हातेमालो गरेर अपराध नियन्त्रण गर्ने बताएका छन् । बिहीबार पत्रकासँगको परिचयात्मक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

‘प्रहरीको जिम्मेवारी नै शान्ति सुरक्षालाई बलियो बनाउनु हो’ विष्टले भने, ‘जिल्लामा हुने सबैखाले अपराध नियन्त्रण गर्न हातेमालो गरेर अगाडि बढ्छु ।’ सुर्खेतमा रहदा अपरा नियन्त्रण र शान्ति शान्ति सुरक्षालाई बलियो बनाउन कुनै कसुर बाँकी नराख्ने बताए ।

‘वीरेन्द्रनगर कर्णालीको राजधानीसमेत भएका कारण अपधारिक क्रियाकलाप पनि बढि हुन्छन्’ उनले थपे, ‘तर अपराध नियन्त्रण र शान्ति सुरक्षालाई बलियो बनाउन कुनै कसुर बाँकी राख्दैछौँ ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका अध्यक्ष देविराम देवकोटाले प्रदेशको राजधानीको सुरक्षा संयन्त्र बलियो बनाउन बताए । नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष ललित बसेलले प्रहरीले समस्या सुन्नेमात्रै नभई समाधानमा जोड दिनुपर्ने बताए ।

पछिल्लो समय सुर्खेतमा हुने चोरी डकैती र लागूऔषध ओसार–पसारका घटनाहरु बृद्धि भइरहेको भन्दै यसको नियन्त्रणमा ध्यान दिन सुझाव दिए । अन्य सहभागीहरुले पनि गिट्टीबालुवाको अबैध ओषार–पसार, अटोरिक्साले लिने मनपरी भाडादरमा कडाई, ट्राफिक व्यवस्थापन नियन्त्रण लगायतका विषयमा ध्यान दिन सुझाव दिए ।

चार बर्षमा दुई हजारबढी अपराध

छाडा चौपाया कार्यालय परिसरमा हुलेर आन्दोलनमा उत्रिए

चार बर्षमा दुई हजारबढी अपराध

स्वास्थ्यमा लगानी

Leave a comment

Your email address will not be published. Required fields are marked *