छाडा चौपाया कार्यालय परिसरमा हुलेर आन्दोलनमा उत्रिए बनगाडका किसान

सल्यान । छाडा चौपाया नियन्त्रण गर्न नसेको भन्दै स्थानीयले बनगाड कुपिण्डे नगरपालिकाको कार्यालय हाताभित्र गाई हुलिदिएका छन् ।

छाडा चौपाया व्यवस्थापन गर्न माग गर्दै स्थानीयवासीले १३९ वटाभन्दा बढी गाई नगरपालिका कार्यालय हाताभित्र हुलेर आन्दोलन गरेका हुन । छाडा चौपायाले रोप्न तयारी अवस्थामा रहेको धानको बिउ, अन्नबाली खाइदिएपछि बाध्य नभएर कार्यालयको हाताभित्र हुलेको वडा नम्बर १ अम्राका शंकर बुढाले बताए ।

रातभर खेतबारीमा जाग्राम बस्दा पनि गाई नियन्त्रण गर्न नसकेको अर्का किसान रुपसरा बस्नेतले बताइन्। छाडा चौपायले गर्दा १०० भन्दा बढी परिवारको खेत सधैं आधा बाँझो हुने गरेको उनको भनाइ छ ।

‘ब्याडलगायतको अन्नबाली जोगाउन रातदिन नभनी खेतमै बस्नु पर्छ,’ रुपसराले भनिन्, ‘खेतमा बस्दा सर्पको पनि उत्तिकै डर हुन्छ। रात दिन नभनेर बस्दा पनि चौपाय नियन्त्रण गर्न सकिएन ।’

कार्यालयको हाताभित्र गाई हुलेर आन्दोलन गर्नुपर्ने बाध्यता रहेको विष्णु यरीले बताए । बिहान ६ बजेदेखि छाडा चौपाय कार्यालय हाताभित्र हुले पनि अहिलेसम्म कुनै पनि जनप्रतिनिधि कार्यालयमा नआएको उनको भनाइ छ ।

छाडा चौपाया कार्यालय परिसरमा हुलेर आन्दोलनमा उत्रिए बनगाडका किसान

सतर्कता अपनाउन आग्रह

छाडा चौपाया कार्यालय परिसरमा हुलेर आन्दोलनमा उत्रिए बनगाडका किसान

चार बर्षमा दुई हजारबढी अपराध

Leave a comment

Your email address will not be published. Required fields are marked *