हुम्लामा स्थानीय प्रशिक्षकद्धारा फुटबलको प्रशिक्षण सुरु

सिमकोटः   हुम्लामा फुटबल प्रशिक्षण सुरु भएसँगै स्थानीय प्रशिक्षकको तालिम पनि सुरु भएको छ ।

सधै बाहिरको प्रशिक्षक ल्याउन र आउन आर्थिक तथा प्राविधिक रुपमा कठिनाई हुने देखिएपछि स्थानीय प्रशिक्षक तयार गर्न तालिमको व्यवस्था गरिएको हो ।

एक हप्ताका लागि ६ जना पुर्व फुटबल खेलाडी समेत रहेका व्यक्तिहरु सहभागी गराएर फुटबल प्रशिक्षक प्रशिक्षण कार्य सुरु भएको हो । हुम्ला फुटबल एकेडेमीको आयोजनामा सुरु भएको सो कार्यक्रममा चार जनाको सहभागिता रहेको छ ।

यसरी फुटबल प्रशिक्षकका लागि प्रशिक्षण तालिम पहिलो पटक सञ्चालन भएको हो । एकेडेमीका अध्यक्ष बिष्णुबहादुर रावतका अनुसार खेलाडीको फुटबल खेल विकासका लागि स्थानीय प्रशिक्षक आवश्यक पर्ने र सो व्यवस्थाका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताए ।

स्थानीय प्रशिक्षक उत्पादन भए बाह्रै महिना फुटबलको प्रशिक्षण गर्न सहज हुने उनले बताए । उनीहरुलाई सैद्धान्तिक र प्रयोगात्मक ज्ञान समेत दिइनेछ । यसका लागि प्रशिक्षण दिन फिफाबाट लाइसेन्स प्राप्त प्रशिक्षक मदन बुढ्थापा जिल्लामा आएर सहजिकरण गरि रहेका छन् ।

त्यो संगै बिहान बेलुकाको समयमा साना ठुला खेलाडीका लागि उनले प्रशिक्षण दिने काम पनि गरि रहेका छन् । प्रशिक्षक बुढथापाले प्रशिक्षणमा भाग लिएका खेलाडीको स्तर हेर्दा सकारात्मक देखिएको पहिलो दिनको खेलाडीको गतिबिधि हेर्दा संकेत राम्रो मिलेको बताए ।

हुम्लामा स्थानीय प्रशिक्षकद्धारा फुटबलको प्रशिक्षण सुरु

टोकियो ओलम्पिक : चीन शीर्षमा, जापान र

हुम्लामा स्थानीय प्रशिक्षकद्धारा फुटबलको प्रशिक्षण सुरु

कर्णाली डुंगा दुर्घटना : बेपत्ता तीनमध्ये एक

Leave a comment

Your email address will not be published. Required fields are marked *