टोकियो ओलम्पिक : चीन शीर्षमा, जापान र अमेरिका पछ्याउँदै

काठमाडौं : टोकियो ओलम्पिकको पदक तालिकामा चीन शीर्षस्थानमा यथमवत् रहेको छ। नवौं दिनको खेल सकिँदा पदक तालिकामा चीनले शीर्षतालाई निरन्तरता दिएको हो।

शुरुवाती दुई दिन शीर्षस्थानमा रहेको चीन त्यसपछि पाँचौ दिनसम्म तेस्रो र दोस्रो स्थानमा रहँदा छैटौं दिनपछि शीर्षस्थानमा फर्किएको थियो। चीनले शनिबारसम्म २१ स्वर्ण, १३ रजत र १२ कास्य गरी कुल ४६ पदक जितेको छ।

दोस्रो स्थानमा रहेको आयोजक जापान १७, स्वर्ण ५ रजत र ८ कास्यगरी कुल ३० पदकसहित दोस्रो स्थानमा रहेको छ। शनिबार दुई स्वर्ण जितेको अमेरिका १६ स्वर्ण, १७ रजत र १३ कास्यगरी कुल ४६ पदकसहित तेस्रो स्थानमा यथावत रहेको छ। रसियन खेलाडीको टोली (आरओसी) ११ स्वर्ण, १५ रजत र ११ कास्यसहित ३७ पदक जित्दै चौथो स्थानमा यथावत रहेको छ।

१० स्वर्ण, ३ रजत र १४ कास्यगरी कुल २७ पदक हात पारेको अष्ट्रेलिया पाँचौ स्थानमा यथावत छ। इंग्ल्यान्ड ८ स्वर्ण, ९ रजत र ११ कास्यगरी कुल २८ पदक जितेर छैटौं स्थानमा रहेको छ। दक्षिण कोरियाले ५ स्वर्ण ४ रजत र ७ कास्यगरी कुल १६ पदक हात पार्दै सातौ स्थानमा रहेको छ।

फ्रान्स ४ स्वर्ण, ९ रजत र ६ कास्यगरी १९ पदकसहित आठौं स्थानमा उक्लदा नेदरल्यान्ड्स ४ स्वर्ण, ७ रजत र ५ कास्यगरी १६ पदक जित्दै नवौं स्थानमा झरेको छ। न्युजिल्यान्ड ४ स्वर्ण, ३ रजत र ३ कास्यगरी १० पदकसहित शीर्ष १० मा अटाएका छन्।

जर्मनी क्यानडा, चेक रिपब्लिक र क्रोएसियाले समान ३ स्वर्ण जित्दै शीर्ष १४ मा अटाएका छन्। दोहोरो स्वर्ण जित्न सफल इटाली, स्वीट्जल्यान्ड, चाइनिज ताइपेइ, हंगेरी, स्लोभेनिया र कोसोभो शीर्ष २० मा अटाएका छन्।

ब्राजिल, जर्जिया, रोमानिया, स्पेन, हङकङ, दक्षिण अफ्रिका, अष्ट्रिया, सर्विया, जमैका, नर्वे, पोल्यान्ड, स्लोभाकिया, स्वीडेन, ट्युनिसिया, टर्की, इस्टोनिया, फिजी, आयरल्यान्ड, उज्वेकिस्तान, बर्मुडा, बेलारुस, इक्वेडर, इथियोपिया, ग्रीस, इरान, लात्भिया, फिलिपिन्स, कतार र थाइल्यान्डले समान १–१ स्वर्ण जितेका छन्।

टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ४९ राष्ट्रले स्वर्ण जित्दा ७६ राष्ट्रले पदक जित्न सफल भएका छन्।

टोकियो ओलम्पिक : चीन शीर्षमा, जापान र अमेरिका पछ्याउँदै

पाकिस्तानले वेस्ट इन्डिजलाई हरायो

टोकियो ओलम्पिक : चीन शीर्षमा, जापान र अमेरिका पछ्याउँदै

हुम्लामा स्थानीय प्रशिक्षकद्धारा फुटबलको प्रशिक्षण सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *