युनाईटेड ग्रुपको पहलमा ढाडपीडित केसीलाई सहयोग

प्रचण्ड खत्री
रुकुम पश्चिम, १० असोज ।
अमेरिकामा रहेको केसी युनाईटेड ग्रुपको पहलमा ढाडपीडित गोपाल खत्रीलाई उपचारको लागि सहयोग गरेका छन् । बाँफिकोट गाउँपालिका वडा नं. ३ निबासी अमेरिकामा रहेका प्रकाश केसी, योगेन्द्र केसी, प्रेम केसी लगायतको टोलीले ढाडपिडित गोपाल केसीलाई एक लाख ४७ हजार ३ सय उनानब्बे सहयोग गरेको अमेरिका निवासी तथा पूर्व पत्रकार भुपेन्द्र केसीले बताए ।

पहिला बाँफिकोट गाउँपालिका ३ डार्ने घर भई हाल बसाईसराई गरी बाँकेको टिकुलीपुरमा बस्दै गोपाल केसीको घाँस काट्दै गर्दा रुखबाट लडेर गम्भीर घाईते भई उपचारमा समस्या भएपछी अमेरिकामा बस्ने केसी युनाईटेड गु्रपले सहयोग गरेको बताएको छ ।

अमेरिकामा बस्ने पूर्व पत्रकार भुपेन्द्र केसीले ३४ हजार ८ सय अठासी, अमेरिकामा बस्ने प्रकास केसीले २५ हजार ८ सय १७, अमेरिकामा बस्ने नबिन केसीले २८ हजार २५, अमेरिकामा बस्ने योगेन्द्र केसीले ११ हजार ८ सय ३ अमेरिकामा बस्ने प्रेम केसीले ११ हजार ६ सय २९ बाँफिकोट गाउँपालिका वडा नम्बर ३ डार्ने टोलका नेकपाका अध्यक्ष अर्जुन केसीले ११ हजार ५ सय १३ सहयोग गरेको बताएको छ ।

त्यस्तै रमेश केसीले ५ हजार ९ सय १३ दत्त केसीले ५ हजार ९ सय ३१, गोपाल थापाले ५ हजार ब ९ सय ३१ र मान बहादुर शाहीले ५ हजार ९ सय ३१ रुपैयाँ सहयोग गरेका हुन । गोपाल केसी हाल काठमाडौंमामा उपचार गराईरहनु भएको छ । आर्थिक अबस्था कमजोर भएका केसीको सामाजिक सञ्जालमा सहयोगको अपिल गरेका थिए । दुख्ख सहन नसकेर अमेरिकामा बस्ने नेपालीले थोरै मात्रामा भएपनि सहयोग गरेको प्रकाश केसीले बताए । सहयोग गर्नेलाई गोपालले धन्यवाद दिएका छन् ।

युनाईटेड ग्रुपको पहलमा ढाडपीडित केसीलाई सहयोग

डाक्टर गोविन्द केसीको आन्दोलन

युनाईटेड ग्रुपको पहलमा ढाडपीडित केसीलाई सहयोग

बालविवाह गर्ने दुई जोडी पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *