बनगाड कुपिण्डेमा योजनाका सम्झौतामा ढिलाई

दुर्गा विसी ।

सल्यान, १ पुस ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका प्रत्येक वडा कार्यलयमा आर्थिक वर्ष २०७७र०७८ को वजेट कार्यनयनका लागि गरेको ताकेता वडाका जनप्रतिनिधिले चासो नदिएको भेटिएको छ । वडालाइ समिति गठन गरि सम्झौताका लागि ताकेता गरेपनि वडा अध्यक्षहरुले व्यवास्था देखाएको वुझिएको छ । अहिलेसम्म नगरमा कुनै पनि सम्झौताका लागि नआएको सुचना अधिकृत धर्मराज ढकालको भनाइ रहेको छ । आषाढ अन्तिममा सम्झौता गर्ने आषाढ अन्तिमै बजेट कार्यान्वयन गरे जस्तो गर्ने परिपाटिले यहाँको विकासमा प्रत्येक्ष असर पुर्‍याएको छ ।

कार्तिक १४ गते नै सबै वडामा वजेट कार्यनयन प्रक्रिया अघि वढाउन भनिएको छ ।दुई महिना वित्दै गर्दा समेत नगरमा सम्झौताका लागि कोहि नआएको देखिन्छ । आषाढमै सम्झौता ,अशाढ्मै काम आषाढमै भुक्तानी,कस्तो परिपाटी ? कतियोजना त अनुगमन नै नगरि भुक्तानी दिनुपर्ने हुन्छ । केही काम पनि पेलमपेला । विकासमा शुन्यता,सुचना अभाव, शुशासन र पार्द्रशीपनामा उक्त नगरपालिका निकै पछि रहेको यहाँका स्थानीयको भनाइ छ ।हरेक कामकाजमा व्यवास्था भएको समेत स्थानीयले जनाउछन् । जनप्रतिनिधि वडा कार्यलयमा नवस्दा समेत वडाका कामकमज लथालिङ्ग अवस्थामा छन् ।जनताको काम प्रती जनप्रतिनिधिले वास्ता नगरेको समेत आरोप रहेको छ ।अर्को तर्फ वहुविवाह मुद्दामा वडा नं ९ का वडा अध्यक्ष इन्द्रबहादुर कुमाइ थुनामा रहे पछि उक्त वडाको सबै काम ठप्प रहेको छ । अर्को कार्यवाहक नतोकिदाँ उक्त वडाका नागरिकले सास्ती खेपिरहेका छन् ।

समयमै विकासे योजना कार्यनयनको लागि गरेको ताकेतामा अटेरीपना वढिरहेको छ ।आर्थिक वर्ष सकिन भने अब ६ महिना बाँकी छ यो वर्षको वजेट कार्यनयन भने शुन्य रहेको छ ।

बनगाड कुपिण्डेमा योजनाका सम्झौतामा ढिलाई

कोरानाबाट प्रभावित दुई सय जनालाई रोजगारी

बनगाड कुपिण्डेमा योजनाका सम्झौतामा ढिलाई

२ स्वर्ण बिजेता श्रृतीलाई खेलाडीले गरे सम्मान

Leave a comment

Your email address will not be published. Required fields are marked *