२ स्वर्ण बिजेता श्रृतीलाई खेलाडीले गरे सम्मान

सुर्खेत ।

सुर्खेत भारतमा भएको २१ औं पावर लिफ्टिङ्ग प्रतियोगितामा नेपाललाई २ स्वर्ण दिलाउन सफल खेलाडी श्रृती कार्कीलाई सुर्खेतमा सम्मान गरिएको छ । कर्णाली प्रदेश खेलकुद परिषद् र जिल्ला खेलकुद विकास समितिले संयुक्त रुपमा मंगलबार एक कार्यक्रमका विच कार्कीलाई सम्मान गरेको हो ।

कार्की संगै पावर लिफ्टिङ्ग प्रशिक्षक एवं जिल्ला फुटवल संघ सुर्खेतका उपाध्यक्ष प्रमोद हमाललाई पनि उक्त कार्यक्रममा सम्मान गरिएको छ । भारतको महाराष्ट्र स्थित अमरावतीमा हालै भएको २१ औं विश्व पावर पावर लिफ्टिङ्ग प्रतियोगितामा कार्कीले नेपाललाई २ स्वर्ण दिलाएकी थिइन् ।

कार्यक्रममा उसु संघका केन्द्रिय उपाध्यक्ष हरि थापाले कर्णाली जस्तो पिछडीएको भनिएको क्षेत्रबाट देशका लागि स्वर्ण दिलाउन सफल भएकोमा कार्की प्रति उच्च सम्मान भएको बताए । कर्णालीका सवालमा पावर लिफ्टिङ्ग नयाँ बिधा भएपनि यसको सम्भावना धेरै भएको उनको भनाई थियो ।

कर्णाली प्रदेश खेलकुद परिषद्का कार्यालय प्रमुख विरोध विक्रम जिसीले खेलाडीहरुको प्रशिक्षण र जिवनयापनका लागि सरकारले आवश्यक सहयोग नगर्दा सम्म खेल जगत पछि पर्ने बताए ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामबहादुर ओलीले ६ महिना देखि कुनै पनि खेलकुद कार्यक्रमका लागि सरकारले बजेट बिनियोजन नगरेको हुँदा खेलकुद गतिविधी ठप्प भएको बेलामा पनि श्रृतीले देशका लागि उल्लेख्य काम गरेको बताए । उनले प्रदेश खेलकुद परिषद् गठनमा सरकारले ढिलाई गर्दा धेरै समस्या भएको बताए । जिल्ला खेलकुद विकास समितिका पूव अध्यक्ष डिल्ली सुवेदी, ऋषी गिरी लगायतले खेलाडीहरुलाई खेल खेल्ने र उनीहरुको व्यवसायिकरणका लागि आवश्यक पहल गर्न सरकारसंग माग गरे । खेलाडीहरु राष्ट्रका गहना मात्र नभई शक्ति समेत भएकाले श्रृती जस्ता खेलाडीलाई सरकारले उचित सम्मान गर्नुपर्ने उनीहरुको भनाई थियो ।

सम्मान कार्यक्रममा बोल्दै श्रृतीका प्रशिक्षक हमालले राज्यले अव खेलाडीहरुको व्यवसायिकतका लागि आवश्यक काम गनुपर्नेमा जोड दिए । श्रृतीलाई आँफुले यो स्थान सम्म लैजान गरेको सहयोग भन्दा पनि अवको उनको खेल यात्रामा सरकारले सहयोग गर्नुपर्ने उनको धारणा थियो । हमालले २०७३ मा सुर्खेतमा व्यवसायिक रुपमा मिड वेस्र्टन फिटनेश सेन्टर स्थापना गरी पावर लिफ्टिङ्गको व्यवसायिक प्रशिक्षण दिइरहेका छन् ।

स्वर्ण बिजेता खेलाडी कार्कीले आँफुलाई सम्मान गरेकोमा खेलाडीहरुलाई धन्यवाद दिंदै आप्mनो आगामी खेल यात्राका लागि सहयोग गरिदिन प्रदेश सरकार संग आग्रह गरिन् । कार्यक्रममा कर्णाली प्रदेश सरकारका समन्वय विज्ञ झकबहादुर मल्ल सुदिप, नेकपा नगर कमिटि प्रमुख गंगाराम तिमिल्सिना, नेकपा जिल्ला कमिटि सदस्य घनश्याम पाण्डे लगायतले धारणा राखेका थिए ।

२ स्वर्ण बिजेता श्रृतीलाई खेलाडीले गरे सम्मान

बनगाड कुपिण्डेमा योजनाका सम्झौतामा ढिलाई

२ स्वर्ण बिजेता श्रृतीलाई खेलाडीले गरे सम्मान

काँगे्रसी जात्रा त हेर्न पाइएन

Leave a comment

Your email address will not be published. Required fields are marked *