कोरानाबाट प्रभावित दुई सय जनालाई रोजगारी

सुर्खेत, १ पुस ।
कोरोना महामारीबाट प्रभावित भएका दुई सय जनाले रोजगारी पाउने भएका छन् । कोरोनाबाट प्रभावित भएका दलित, आदिवासी, जनजाती, अपाङ्गता भएका व्यक्ति, विदेशबाट फर्केका नागरिकहरुले दिन कामका लागि नगद कार्यक्रम मार्फत रोजगारी पाउन लागेका हुन् । विपद् जोखिम व्यवस्थापन परियोजना, आर्थिक पुनर्लाभ कार्यक्रमका संयोजक कृष्ण लम्सालले बुधवार पत्रकार सम्मेलन मार्फत कोरानाबाट प्रभावित दुई सयलाई रोजगारी र एक सय ५८ जनालाई ३२ हजार सहयोग गर्न लागिएको जानकारी दिए ।

वीरेन्द्रनगर नगरपालिका १, २, ४ र १४ वडाका दुई सय तीन जनालाई काम गराएर रोजगारीमा आवद्ध गराउन लागिएको छ । यी वडाका नागरिकलाई वीरेन्द्रनगरको १ मा रहेको ल्याण्डफिल्ड जोड्ने सिमलचौर ग्रामिण सडक र खानेपानी आयोजना निर्माणमा उनीहरुलाई रोजगारी दिन लागिएको संयोजक कृष्ण लम्सालले जानकारी दिए ।
उनकाअनुसार वडा नम्बर १, २ र ४ का एकसय ६० जनाले उक्त योजनामा काम पाउनेछन् । १४ नम्बरका ४३ जना नागरिकले भने जयतापानी खानेपानी मुल संरक्षण निर्माणमा रोजगारी पाउने लम्सालको भनाई छ ।
जरेपानीको खानेपानी मुल २०७१ सालमा आएको पहिरोले क्षती पु¥याएको क्षेत्र हो । वीरेन्द्रनगर नगरपालिकाले तोकेको ज्याला मापदण्डअनुसार उनीहरुलाई २० दिनको रकम उपलव्ध गराइनेछ । तर उनीहरुले १८ दिन मात्रै काम गर्नुपर्नेछ । रोजगारीमा आवद्ध व्यक्तिहरु छनोट भइसकेकाले केही समयमै काम शुरु गर्न लागिएको लम्सालले बताए ।
काम सम्पन्न गरेपश्चात उनीहरुको खातामा सिँधै रकम पठाइनेछ । युएसएडआडीको आर्थिक सहयोगमा सुन्दर नेपाल संस्थाले सहजिकरण गरिरहेको आर्थिक पुनर्लाभ कार्यक्रम अन्र्तगत पाँच वडाका एक सय ५८ घरधुरीका लघु उद्यमीले विना शर्त प्रतिपरिवार ३२ हजार नगद सहयोग गरिएको छ । यो रकम वडा नम्बर १, २ र १४ का ३०÷३० जना, ३ का ३२ जना र ४ का ३६ जना छन् ।
उनीहरुले पाएको सहयोग रकमबाट खुद्रा पसल, टेलरिङ, व्युटीपार्लर, कृषि क्षेत्रमा खर्च गर्न पाउनेछन् । छनौट भएका व्यक्तिहरुले उनीहरुकै खातामा रकम पठाइसकिएको कार्यक्रम संयोजक लम्सालले जानकारी दिए । कार्यक्रम अन्र्तगत नगरपालिकामा सहायता कक्ष समेत स्थापना गरिएको लम्सालले जानकारी दिए । कक्षबाट सिँधै वडाका गतिविधि सार्वजनिक गरिरहेको र विपद् र कोभिडबाट नागरिकमा परेको प्रभावलाई सम्बोन्धन गरिदै आएको छ ।






