१२ औं स्मृतिमा : सहिद ऋषि र कम्यूनिष्ट आचरण

बि.स.२०१८ माघ १८ गते बुवा लिलाराम शर्मा, आमा क्वारादेवी शर्मा को कोखबाट पहिलो सन्तान को रुपमा साविक घोरेटा गाविस वडा नं. २ मा जन्म भएको थियो। भानु मा.वि. बजेडिचौरबाट एसएलसी उतिर्ण गरेर, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज मा अध्ययन गर्ने क्रममै राजनीतिक यात्रा सुरु गर्नु भएको थियो र अनेरास्ववियु को क्याम्पस कमिटी अध्यक्ष हुँदै, बाँके जिल्ला कमिटी सचिबको जिम्मेवारी कुसलतापुर्वक पुरा गर्नुभएको थियो । उहाँको राजनीतिक समकालीनहरुमा गोबिन्द बन्दी, भिम केसि लगायतको व्यक्तित्वहरु हुनुहुन्थ्यो । बामदेव गौतमको निर्देशनमा तत्कालीन नेकपा मालेको युथ लिग, भेरी अञ्चल सचिवको पनि जिम्मेवारी समाल्नु भएको थियो । महेन्द्र बहुमुखी क्याम्पस बाँकेबाट बि.एल. सम्मको अध्ययन गरिसके पछि पार्टी नेतृत्व को निर्देशनमा गृह जिल्ला सुर्खेत पार्टी राजनीतिमा सक्रिय हुन फर्किनु भो । तत्कालीन पञ्चायती सरकारले पार्टी राजनीतिमा सक्रिय भएको भनि बि. स.२०४५ भदौ मा सुर्खेत बुलबुलेबाट पक्राउ गरी दैलेख पुर्यायो र नेपालगन्ज सरुवा ग¥यो । बि.स.२०४६ मा जनआन्दोलन आएपछि रिहा गरेको थियो । पञ्चायती ब्यबस्था संग नडराइ व्यक्तिगत लोभ र लालचमा नलागि मुलुक परिवर्तनको लडाइँमा एउटा सतिसाल झै उभिनु भयो । तत्कालीन पञ्चायती शासनले उहाँको आस्था, साहसलाई रोक्न सकेनर मुलुकमा बहुदलीय ब्यबस्थाको स्थापना संगै राजासहितको प्रजातन्त्रको स्थापना २७ बुदे आलोचनात्मक बँुदा राखेर सहमति भएको थियो ।

बहुदलीय ब्यबस्थामा नेकपा माले सुर्खेत जिल्ला सदस्यको रुपमा काम गर्नुभयो र पार्टी एकीकरण भएपछि एमाले को सदस्य र २०४९ को स्थानीय निर्वाचन मा घोरेटा गाविस अध्यक्ष निर्वाचित हुनुभएको थियोे । भारतको पटनामा एम.एल.पढ्न जाँदा, आलोचना गरी पार्टीले रोक लगाएको थियो । त्रिभुवन विश्वविद्यालय बाट राजनिती शास्त्रमा वि.स. २०४७ सालमा एम.ए. पास गर्नु भएको थियो । मुलुकको सत्तासिन पार्टी काँग्रेस ३६ से र ८४ से गुटमा काग्रेस बिभाजित भएपछि २०५१ सालको मध्यावधि चुनावमा सुर्खेत क्षेत्र नम्बर १ बाट नेकपा एमाले को तर्फबाट उम्मेदवार हुनुभयो र १००० मत ले पराजित हुनुभयो । क्रमशः पार्टी को नेतृत्व गर्दै गर्दा बि. स. २०५४ सालमा स्थानीय निर्वाचन भो जस्मा एमालेले बहुमत ल्यायो सुर्खेत जिल्लामा ५० वटा गाविस र १ वटा नगरपालिका मध्ये ३३ गाविस र १ नगरपालिका नेकपा एमालेले बिजय हात पा¥यो, उहाँ पार्टी सचिवको रूपमा नेतृत्व गरिराख्नु भएको थियो । जिल्ला विकास समिति सुर्खेतमा पनि दुई तिहाइसहित एमाले निकटको समिति बन्यो । बि।स. २०५४ फाल्गुन १४ गते माले, एमाले बिभाजन भएको सन्दर्भमा बि.स. २०५६ सालमा नेकपा एमाले को तर्फबाट उम्मेदवार हुनु भएको र काँग्रेसको जबर्जस्ती, गुन्डागर्दी शैलीको कारणले २७२ भोट ले पराजित ब्यहोर्नु परेको थियो । उहाँ को आदर्श, भद्र, सादकी स्वभाव, सरल स्वभाव को कारण सबैको प्रिय हुनुहुन्थ्यो । तत्कालीन माओवादीसंग पनि समुदुर सम्बन्ध थियो । बि.स.२०५८ मा चुनाव हुने सकेन र राजा ज्ञानेन्द्रले प्रजातन्त्र माथी हमला गरे नेपाली काँग्रेसका शेर ब. देउबा प्रधानमन्त्री थिए ।

माक्र्सवादी दर्शनको ज्ञाताको रूपमा परिचित व्यक्तित्व, राजनीतिमा धेरै अध्ययनले व्यक्तिलाई सरल गराउँछ भन्ने मान्यता राख्नुहुन्थ्यो । पार्टी नीति र बिधिलाई शिरोधार्य गर्न गराउन उत्प्रेरित गर्नुहुन्थ्यो । राजनीतिमा गहिरो र फराकिलो अध्ययनकर्ताको रूपमा परिचित हुनुहुन्थ्यो । अब्बल दर्शन शास्त्र को विज्ञता, अस्थायी स्कुलमा राम्रो प्रशिक्षक हुनुहुन्थ्यो । एउटा समय काल खण्डमा तत्कालीन माओवादी र एमाले एक हुन्छ भन्ने भनाई राख्नुहुन्थ्यो र दुरदर्शिता नेताको रुपमा आफुलाई उभ्याउनु भएको थियो । ग्रासुटको मतदाता अनुसार पार्टी एकीकरण हुन्छन भन्ने दुरदर्शि नेता प्रशिक्षकको रुपमा जनतालाई सम्बोधन गर्नुहुन्थ्यो । देशको इतिहास पढ, देश चिन, पहिला देश को समाज, साँस्कृति पढ र जहाँ लागिन्छ त्यहिको इतिहास अध्ययन गर । अध्ययन ले पार्टी सेस्टम मा चलाउने गर्दछ भन्ने मान्यता राख्नुहुन्थ्यो । बिलासिता र तडकभडकमा कहिल्यै पनि देखिनु हुन्थेन ।

कम्युनिस्ट पहिचान उहाँमा देखिन्थ्यो । बि.स. २०६२÷२०६३ को आन्दोलनमा सुर्खेत को शक्ति सहितको कमान्डर हुनुहुन्थ्यो । नेपाली राजनितीमा नयाँ बहस चल्यो संविधान सभाको बारे मा धर्मनिरपेक्षता, संघियता को बहसमा राम्रो बिश्लेषण गर्नुहुन्थ्यो । जतिबेला म कक्षा–११ मा अद्ययनरत थिए, जिन्दगीमा पहिलो पटक मताधिकार प्रयोग गर्ने सौभाग्य प्राप्त गर्दै थिए मनमा अनेकौं हर्ष र उत्साह थिए । पार्टीले विभिन्न जिल्लाबाट अध्ययन गर्न आएका विद्यार्थी साथीहरुलाइ पार्टी प्रशिक्षण दिँदै निर्वाचन परिचालनको लागि घर फर्कदै अभियान सञ्चालन गरेको थियो सोही अनुसार पार्टी निर्देशन र आफ्नो मताधिकार सुनिश्चित गरी मुलुकमा पहिलो पटक जनताको प्रतिनिधिद्वारा जनताको पक्षमा संविधान प्राप्त गर्ने सौभाग्य हामिमा भएकोले मनभरी आसाका दियो बोकेर गाउँ गएका थियौं । पार्टीले हाम्रो क्षेत्रको उम्मेदवार सबैको प्रिय नेता कमरेड ऋषि प्रसाद शर्मालाई अगाडि सारेको थियो जसको कारण सुर्खेती सम्पुर्ण जनता उत्साहितका साथै खुसी थिए र थियौ पनि त्यसैले पार्टीका विभिन्न चुनावी कार्यक्रम उत्साहजनक तरिकाले अगाडि बढिरहेका थिए र खुला सभाका कार्यक्रम सकिएका थिए हामी भने आफ्नो निर्वाचन केन्द्र नि.मा.बि. झ्यामामा निर्वाचन समितिको टोलिलाई सक्दो सहयोग गरिरहेका थियौ । तत्कालीन समयमा टेलिफोनको सुविधा बिस्तार भएको थिएन र अहिलेको जस्तो सूचना प्रविधिको पनि विकास भएको थिएन । वि.स. २०६४ चैत २७ गते बिहान उठेर भर्खर घर को आगनमा थिए मलाई मेरा काका तत्कालीन नेकपा एमाले जिल्ला कमिटी सदस्य जित बहादुर सिंह ले बोलाउनु भो र निरासा अनुहारमा ऋषिलाई कोले मारिदिए रे तल्लो गाउँमा गएर खबर गर्दै गर्नु हामी आउछु भन्नू भो र आसुका ढिक्का खसालेर मलाई आफ्नो काममा लगाउनु भो सोही अनुसार म निरासा हुँदै हतार मा तल्लो गाउँ बडासिमा पुगेर सूचना प्रवाह गर्दा गर्दै गाउँका सबैजना जम्मा हुनुभो र बिरोध प्रदर्शन का कार्यक्रमहरु स्वस्फूर्त ढंगले हुन थाले । सोही क्रममा अगुवा नेताहरु बिरेन्द्रनगर तर्फ लाग्नुभो भने हामीलाई आफ्नो गाउँको सुरक्षा गरेर घरतिरै बस्न अनुरोध गर्नुभो यसरी जनताको प्रिय नेतालाई बैरिहरुले सबैको बिचबाट टाढा बनाएको प्रमाणित हुन गयो।र सुर्खेती भुमि विदुवा भयो र रास्ट्रले बरखी बार्यो । सुर्खेती कम्युनिस्ट भुमिमा एउटा इतिहास को निमोठ गरियो ।

बि.स. २०६४ चैत २८ गतेको संविधान सभाको निर्वाचन उम्मेदवार क्रममै चैत्र २६ गते भेरिगङ्गा नगरपालिका को लोदे भन्ने ठाउँ मा कायरतापुर्वक जनताका बैरिहरुले गोली हानी हत्या गरे । नेपालको राष्ट्रिय राजनीति मा सम्भावना बोकेको नेता, सुर्खेत जिल्ला भरी बिकास को लागि समग्र खाका तयार अपुरो नै रह्यो । उहाँ को त्याग र बलिदानि बाट परिवर्तन भएको राज्यसत्तामा आज सत्ताको स्वादमा डुबेका तर ऋषि को असल चेला बन्न नसक्नेहरुको हुटहुटी देखिएको छ । अहिलेसम्म हत्याराको खोजी गर्ने, बहस गर्नेसम्म आँट न त पार्टी नेतृत्वले राख्छ न त उहाँले निर्माण गरेको पार्टी को ब्याजमा रमाउनेहरु नै राख्छन । हजुरको निस्ठाको राजनितीलाइ बर्खिलाप गर्नेहरुले हेक्का राख्न जरुरी छ कि बाउको सम्पत्तिमा रजाइ गर्नु र आफ्नो उत्पादन मा हिफाजत गर्नुको अन्तर कति छ भन्ने । उहाँबाट सबै कुरा नसिके पनि आचरण सिक्न सके सुर्खेती जनताको अँखामा सहिद ऋषि को अनुहार को आभास झल्किने थियो।उहाँको अभिभावकत्वको रिक्तता रहिरह्यो । अन्त्यमा १२ औ ऋषि स्मृति दिवस को अवसरमा भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछु ।

१२ औं स्मृतिमा : सहिद ऋषि र कम्यूनिष्ट आचरण

YUGAAWHAN NATIONAL DAILY (2076-12-26)

Leave a comment

Your email address will not be published. Required fields are marked *