हावाहुरीले उडाएको भेरी निमाविको छाना अझै मर्मत भएन

दुर्गा विसी ।

सल्यान, २२ मंसिर ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा ११ मा रहेको भेरी निमाविको विद्यालयको छाना हावाहुरीले उडाएको झन्डै एक वर्ष हुन थालेको छ । उक्त विद्यालयको छाना मर्मतको लागि स्थानीय सरकारले कुनै पहल नगरेको विद्यालय प्रशासनको भनाइ रहेको छ । नीजि शिक्षकलाइ तलव खुवाउन हम्मेहम्मे परेको उक्त विद्यालय कक्षा १ देखि ८ सम्म सञ्चालनमा रहेको छ ।

नीजि शिक्षकलाइ तलव खुवाउन नसके पछि विद्यालय कक्षा १ देखि कक्षा ५ सम्ममा झार्ने तयारी समेत रहेको छ । सो विद्यालय कुनै विकट वस्तिमा पनि छैन ।वालुवासँग्रिह खलंगा सडक खण्डको किनारमा पर्दछ भने आजतजावतका लागि सबैको आँखा पर्ने विद्यालय हो । तर स्थानीय तहका जनप्रतिनिधि देखि मन्त्री र संसदको नजर तेता पर्न सकेको देखिएन ।एक वर्ष देखि हावाहुरीका कारण भवनको छाना उडाएको जानकारी प्रदेश हुदै स्थानीय तहलाई फाइल पठाएको विद्यालयका प्रअ हेमराज वलिको भनाइ छ । तर मर्मतको लागि कहि कतैबाट आश्वासन समेत नपाएको उनको दुखेसो छ ।

हावाहुरीले छाना उडाए पछि कुरुप बनेको विद्यालय प्रति कसैको नजर नपुगेको अभिभावकको भनाइ छ । कोभिडका कारण ८ महिना देखि बन्द विद्यालय सुचारू भएका छन् तर त्यहा भने पढाउने कक्षा कोठा नहुदा समस्या भएको वलिको भनाइ छ । स्थानीय सरकारले समयमै मर्मत गरिदिने भने अहिलेसम्म अतोपत्तो नभएको जनाएको छ । गत फाल्गुन महिनामा हावाहुरीका कारण २ कोठे भवनको छाना उडाएको थियोे भने अर्को भवनलाइ आंशिक क्षेति पुगेको थियो।

हावाहुरीले उडाएको भेरी निमाविको छाना अझै मर्मत भएन

कालिकोटमा आगलागी, एक जनाको मृत्यु

हावाहुरीले उडाएको भेरी निमाविको छाना अझै मर्मत भएन

पाँच दिनदेखि मोबाइल नेटवर्कमा समस्या

Leave a comment

Your email address will not be published. Required fields are marked *