ब्रेकिङ : पेस्तोल र गोली लिएर प्रहरी जवान भागे

सुर्खेत, ३० बैशाख ।
हतियारसहित प्रहरी जवान भागेपछि सुर्खेत प्रहरी वृत्तमा खैलाबैला मच्चिएको छ । सोमबार राती प्रहरी चौकी आग्रीगाउँमा ड्यूटिमा रहेका प्रहरी जवान हतियारसहित भागेका छन् । प्रहरी जवान नरेन्द्र खड्का हतियारसहित भागेका हुन । एक थान पेस्तोल र सात राउण्ड गोलीसहित भागेका प्रहरी जवानको खोजी कार्य जारी रहेको कर्णाली प्रहरी प्रदेश प्रमुख डिआइजी वसन्त कुमार पन्तले जानकारी दिनुभयो । खोजीका लागि जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयबाट व्यापक प्रहरी परिचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया