२४ घण्टामा ३३ सय ९ संक्रमित थपिएः ३० जनाको मृत्यु

काठमाडौं, १९ कात्तिक ।
पछिल्लो २४ घण्टामा नेपालमा ३३ सय ९ जना कोरोना भाइरस ९कोभिड–१९० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ३८ सय ४४ जना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना जित्नेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ । मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ । २४ घण्टामा ३० जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या एक हजार ३४ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार २४ घण्टामा १३ हजार १४४ पीसीआर परीक्षण भएको थियो । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४ घण्टामा १५ सय ७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ गरेर १८ सय ७८ रहेको छ ।






