सडक अतिक्रमण

रुकुमपश्चिम, १९ कात्तिक ।

प्रचण्ड खत्री ।

सवारी साधन र पैदल यात्रीलाई सास्ती रुकुम पशिमको सबै स्थानीय तहको बजारमा हिडडुल गर्न मुस्किल भएको छ । रुकुम पश्चिमको सदरमुकाम खलंगामा झन बजार क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण सामाग्री राख्दा बजार क्षेत्रनै अस्तव्यस्त बन्दै गएको छ स्थानीयले बताएका छन् । मुसिकोट नगरपालिका १ मा रहेको खलंगा बजार लगाएतका बजारहरुमा सडकहरुमा जथावभावी निर्माण सामाग्रीहरु राख्दा सडक अस्तव्यस्त बन्दै गएको हो ।

मुसिकोट नगरपालिक सेरिगाउँ, सोलाबाङ लगातका ठाउँमा पनि निर्माण व्यवसायीहरुले सडकमा निर्माण सामाग्री गिट्टी ढुङगा बालुवा, सरिया लगाएतका सामागी्रहरु जथावाभी राख्दा स्थानियलाई समस्या भैरहेको छ । बजार क्षेत्रका मुख्यसँगै सहायक सडकहरुमा जथाभावी रुपमा राखिएका बालुवा, ढुङगा र गिटी लगायतका निर्माण सामाग्रीले सवारी जामको समस्या रहेको र दुर्घटनाको जोखिम पनित्यत्तिकै बढेको मुसिकोट नगरपालिका १ तल्लो बजारका ब्यापारी भागीराम ओलीले बताए । सडकको छेउमै पसल राख्दा गाडी वा अन्य सामान पार्किङमा समस्या भएको बस संचालन गर्दै बसन्त के सीले बताए ।

बजारहरुमा पैदल हिड्नका लागी फुटपात पनि नभएको र निर्माण सामाग्री जथाभावी राख्दा सास्ती भोग्नु परेको उहाँको भनाई छ । सडक पनि साँघुरो भएको र सोही सडकको पनि स्तरोन्नती नभएको विभिन्न ठाउँमा खाल्डा खुल्डी परेको स्थानियले बताएका छन । जिल्लाका सबै बजार क्षेत्रमा प्राय यस्तो सममस्या देखिएको छ । आठविसकोट नगरपालिका राडी बजारमा पनि निर्माणका सामाग्रीहरु व्यवस्थीत सँग नराख्दा सवारी साधान र अन्य पैदल हिड्नेहरुलाई पनि समस्या भएको छ । लामो समय देखी यस्तो समस्या हुँदा पनि स्थानिय प्रशासनले कुनै वास्ता नगरेको आठविसकोट नगरपालिका वडा नम्बर ९ का विकास परियारले बताए ।

सानिभेरी गाउँपालिकाको सिम्ली तथा बाँफिकोट गाउँपालिकाको छिनखेतमा झन सडक च्यापेर घर बनाउदा त्यहा स्थानीय त्रसित भएका छन । गाउँपालिकाको मुख्य बजारिकरनको रुपमा परिचित बजारमा त्यहाका माडेहरुले यस्तो कार्य किन गरेका होलान भनि स्थानीयले प्रश्न बारम्बार गरिरहन्छन् । उनिहरुले जबाफ दिन्छन यस्तै यस्तै समस्या रहेको छ ।

यता प्रमुख जिल्ला अधिकारी बैद्धिनाथ गैरलेल भने यसको व्यवस्थापनका लागी प्रहरीलाई निर्देशन दिएको बताए । बजारमा निर्माण सामाग्री जथाभावी राख्ने गरेको नागरिक स्तरबाट गुनासो बढेपछी यसको व्यवस्थापनका लागी निर्देशन दिएको र बजार व्यवस्थापनका लागि सम्बन्धित पालिकाहरुसँग पनि छलफल भैरहेको उनले बताए ।

सडक अतिक्रमण

वीरेन्द्रनगरमा सवारी दुर्घटनाः नियम विपरितका भौतिक संरचना

सडक अतिक्रमण

२४ घण्टामा ३३ सय ९ संक्रमित थपिएः

Leave a comment

Your email address will not be published. Required fields are marked *