डाेल्पा नाकाबाट धमाधम फकाईदै पर्यटक

रामचन्द्र न्यौपाने
डोल्पा, २० कात्तिक ।
हिमाली जिल्ला डोल्पाका सिमावर्ती नाकाबाट धमाधम आन्तरिक पर्यटकहरु फर्काउन थालिएको छ । जिल्लामा कोरोना संक्रमणको जोखिमलाई मध्येनजर राख्दै उच्च सतर्कता अपनाउन कोरोना परिक्षण रिपोर्टबिना नाकामा पुगेका दर्जनौ पर्यटकहरु फर्काइको हो ।नाकामा प्रहरीले कडाई गरेपछि बिसौँ हजार खर्च गरेर नाकामा पुगेका आन्तरिक पर्यटकहरु गन्तव्यमै पुग्न नपाएर घर फर्किने गरेकाछन् ।

हालसम्म खदाङ्ग नाकाबाट मात्रै पच्चीस जना आन्तरिक पर्यटकहरु फर्काइएको जिल्ला प्रशासनले जनाएको छ । जिल्लाका विभिन्न पर्यटकिय क्षेत्रहरुको अवलोकनकालागि नाकामा पुगेका कतिपय पर्यटकहरु कोरोना परिक्षण रिपोर्ट बिनानै आउने गरेकाले त्यस्तालाई पर्यटकलाई जिल्ला प्रवेशमा रोक लगाइएको ईलाका प्रहरी चौकी करोपगाडले जानकारी दिएको छ ।

नेपालका प्रायःजिल्लामा कोराना संक्रमण भएपनि सबैको प्रयासले डोल्पालाई अझैसम्म पनि सुरक्षित राख्न सफल भएको प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले जानकारी दिए ।  “जिल्लाका सिमावर्ती नाकामा कडाई गरेका छौँ,कोरोना परिक्षण रिपोर्ट नल्याएका पर्यटकलाई फर्काइएको छ,जिल्लाका नागरिकलाई कोरोना परिक्षण रिपोर्ट सहित होम क्वारेन्टाइनमा बस्ने शर्तमामात्रै प्रवेश गर्न दिएका छौ”प्रजिअ सुनारले भने ।

“विभिन्न जिल्लाबाट डोल्पा घुम्नकालागि आएका पर्यटकका लागि ७२ घण्टा अघिको कोरोना परिक्षण रिपोर्ट सहित आफ्नै खर्चमा क्वारेन्टाइनमा बस्ने शर्तमा जिल्ला प्रवेश गर्न दिन सकिन्छ,सकभर कोरोना कहरमा आफु पनि सुरक्षित हुने र अरुलाई पनि सुरक्षित राख्नु पर्ने भएकाले डोल्पा नआउन आग्रह गर्दछौँ ।”

सडकमार्गबाट मात्रै नभई जहाजबाट डोल्पा आउने नागरिकलाई समेत सुरक्षाकर्मीको निगरानिमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर अनिवार्य होम क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाईएको प्रजिअ सुनारको भनाई छ । गत असोज पहिले सातानै जिल्लामा सरोकारवालाहरुको उपस्थितिमा जिल्ला प्रवेशमा रोक लगाउने निर्णय सहित पटक–पटक सुचना प्रकाशन गरेपनि धमाधम पर्यटक भने आइरहेकाछन् ।

नाकाबाट आफ्ना छोड्नका लागि भन्दै सांसद मन्त्री तथा उच्च पदस्थ व्यक्तिहरुको समेत फोन आउने गरेता पनि प्रक्रिया नपु¥याएका सबैलाई फर्काउने गरिएको प्रजिअ सुनारले बताए । पछिल्लो समयमा नक्कली कोरोना परिक्षण रिपोर्ट ल्याएर डोल्पा पुगेका पाइएकाले ताजा रिपोर्ट माग्नुका साथै र स्वाब दिँदाखेरी काटेको रसीद हेर्ने र अस्पतालमा फोन समेत गर्ने गरिएको प्रशासनले जनाएको छ । जिल्लाका फोक्सुण्डो ताल,फोक्सुण्डो झरना,त्रिपुरासुन्दरी मन्दिर, उपल्लो डोल्पा लगायतका ठाउँको अवलोकनका लागि काठमाण्डौ,पोखरा,झापा लगायतका ठाउँबाट पर्यटकहरु आउने गरेका छन् ।

डाेल्पा नाकाबाट धमाधम फकाईदै पर्यटक

२४ घण्टामा ३३ सय ९ संक्रमित थपिएः

डाेल्पा नाकाबाट धमाधम फकाईदै पर्यटक

दुइ ति-हाइ सरकार

Leave a comment

Your email address will not be published. Required fields are marked *