जाजरकोटमा भोकविरुद्ध सहायता अभियान

जाजरकोट, १९ भदौ ।
कोरोना महामारी र प्रकोप प्रभावित कर्णालीका समुदायका लागि भोकविरुद्ध सहायता अभियान जाजरकोटबाट सुरु गरिएको छ । सकारात्मक सोच तथा जीवन रुपान्तरणका विश्व प्रशिक्षक नरबहादुर कार्कीको पहलमा विभिन्न दाताहरुको सहयोगमा भोकविरुद्ध सहायता अभियान थालिएको हो ।

अभियान अन्र्तगत पहिलो चरणमा जाजरकोटका शिवालय गाँउपालिका, छेडागाड नगरपालिका र जुनीचाँदे गाँउपालिकाका एक सय विपन्न परिवारलाई खाद्यन्न वितरण गरिएको छ । प्रति परिवार २५ केजी चामल र ५ केजी दाल प्रदान गरिएको हो । शिवालय गाउँपालिकाका बाढी पहिरो प्रभावित अति विपन्न ३० परिवार खाद्यान्न सहयोग गरिएको अभियानका स्थानिय समन्वयकर्ता काशिराम कार्कीले बताए ।

त्यस्तै छेडागाड नगरपालिकाका ४० र जुनीचाँदे गाँउपालिकाका ३० परिवारलाई खाद्यान्न हस्तान्तरण गरिएको छ । अर्को चरणमा बाढीपहिरो प्रभावित जिल्लाका बारेकोट गाँउपालिका र जिल्लाका अरु स्थानिय तहमा खाद्यान्न वितरण गर्ने कार्यक्रम छ । खाद्यान्न पाएपछि जुनीचाँदे गाँउपालिका ४ का कलवीर नेपालीले खुसी ब्यक्त गरे । घरमा अन्न नभएपछि कसरी छाक टार्ने भन्ने समस्याले सताईरहेको थियो ।

चामल पाएपछि पेट भर्न पाईने भो । दाताहरुलाई भगवानको संज्ञा दिदै उनले सवैलाई धन्यवाद दिए । जाजरकोटबाट सुरु गरिएको भोक विरुद्ध सहायता अभियान क्रमशः कर्णालीका अन्य जिल्लामा पनि संचालन गरिने अभियान्ता कार्कीले बताए । खान नपाएर कोही पनि मानिस मर्न नपरोस भनेर अभियानको थालनी गरिएको बताउँदै कार्कीले भने, ‘हामीलाई विभिन्न ब्यक्ति तथा संस्थाले गरिरहेको सहयोगबाट हामी उत्साहित छौ । हुनेबाट मागेर नहुनेलाई दिने गरी अभियान थालिएको हो ।

सवैको साझा प्रयासबाट नै यो अभियान सफल हुने हो । तपाई हाम्रो थोरै सहयोगले पनि विपन्न वर्गको चुल्हो बल्न सकोस भन्ने अभियानको उद्देश्य हो ।’ सहायता अभियानका लागि डिस होम प्रालि, लाइन्स क्लब, हेम एण्ड माया फाउन्डेसन, आठराई प्रकाशन, भुपु गोर्खा सत्याग्रह समिति, सर्मपण सेवा संस्था, संगम पब्लिकेशन, वि सर्भ, रिड मोर पब्लिकेशन लगायतका संघसंस्था र व्यक्तिगत सहयोगमा आर्थिक स्रोत संकलन भइरहेको कार्कीले बताए । उनले सहयोगी हातहरुलाई धन्यवाद दिँदै कर्णालीका महामारी र प्रकोप पिडित समुदायका लागि भोक विरुद्धको अभियानमा सहयोग गरिदिन अन्य दाताहरुलाई पनि अपिल गरेका छन् ।

जाजरकोटमा भोकविरुद्ध सहायता अभियान

पुल नहुँदा नदी तर्न बाध्य छन् हुम्लाका

जाजरकोटमा भोकविरुद्ध सहायता अभियान

YUGAAWHAN NATIONAL DAILY (2077-05-19)

Leave a comment

Your email address will not be published. Required fields are marked *