‘कर्मचारी सुध्रिनुको विकल्प छैन’
सुर्खेत : कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्मचारीहरु सुध्रिनुको विकल्प नरहेको बताएका छन् ।
नेपाल विद्युत प्राधिकरणको आधिकारिक ट्रेड युनियनले वीरेन्द्रनगरमा आयोजित ‘सहज सेवा, स्वच्छ नेपाल विद्युत प्राधिकरण’ राष्ट्रिय अभियानलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।
सरकारी कर्मचारी घुस खानकै लागी जन्मिएको जस्तो सामाजमा नकारात्मक छाप परेको मुख्यमन्त्रीले बताए । ‘अब कर्मचारी सुध्रिनुको विकल्प छैन्’ मुख्यमन्त्री शाहीले भने,
‘जनतालाई सहज सेवा दिएर आफूमाथि लागेको आरोप चिर्न आवश्यक छ ।’ कुनै सामान्य व्यक्तिले स्थापना गरेको नीजि कम्पनी र सरकारले सञ्चालन गरेका कार्यालयहरुको अवस्था नै कयौं गुणा फरक रहेको शाहीको भनाई छ ।
सरकारी कार्यलयहरु फोहोरका डङ्गुर भएको भन्दै उनले कर्मचारीलाई सभ्य बन्न समेत आग्रह गरे । सरकारी अस्पताल र निजी अस्पताल, सरकारी बैंक र नीजि बैंकको तुलना गर्दै उनले सरकारी कार्यालहरुमा सुर्ती र पान खाएर फल्ने गरेकोले कर्मचारी पनि सभ्य बन्न आग्रह गर्नुभयो । थर्काएर तलब खाएका टे«ड यूनियानहरुले अब आफुलाई सुधार्ने बेला आएको बताए । ट्रेड यूनियन अनावश्यक भएपनि यसका गतिविधीहरु भने गलत भएको भन्दै सुधार्न आग्रह गरे ।
केही ट्रेड यूनियनहरुले आफुलाई सुधार्न थालेको भन्दै उनले अब कर्मचारीहरुको व्यवहारमा सुधार आउने अपेक्षा शाहीको छ । नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी यूनियनका सह–संयोजक खगेन्द्र शाहीले सरकारी कार्यालयहरु भ्रष्टाचारको अखडा हुन भन्ने आरोप तोड्नुपर्ने बताए । उनले कार्यक्रममा प्राधिकरण राष्ट्रिय कर्मचारी यूनियनले कर्मचारीहरुलाई पनि आफनो जिम्मेवारी बोध गराउन सहज सेवा, स्वच्छ नेपाल विद्युत प्राधिकरण राष्ट्रिय अभियान सातै प्रदेशमा सञ्चालन गरेको जानकारी दिए ।