‘अब यस्तो नहोस्’ पुस्तक विमोचन
सुर्खेत : कर्णाली प्रदेशका जनप्रतिनिधिको आधा कार्यकालमा भएगरेका गतिविधिलाई समेटेर लेखिएको ‘अव यस्तो नहोस्’ नामक पुस्तक विमोचन गरीएको छ ।
तन्नेरी चासो सुर्खेतको समुहले लेखेको पुस्तक कर्णाली प्रदेश सभा सदस्य पदमबहादुर रोकाया, पद्मीक्वारी बोहोरा र कौशिलावती खत्रीले सोमवार संयुक्त रुपमा विमोचन गरेका हुन् । पुस्तकमा कर्णाली प्रदेशका जनप्रतिनिधिले गरेका प्रतिबद्धता र कामका विषयमा लेखिएका समाचार उल्लखे गरीएका छन् ।
पुस्तक मार्फत जनप्रतिनिधिले हालसम्म गरेका केहि कमिकमजोरी तथा सुधारोन्मुख कामको विषयमा विभिन्न मिडियामा प्रकाशित समाचारलाइ आधारमानी बाँकी दिनमा सच्चिएर जान सुझाव दिइएको हो । पुस्तक तन्नेरी चासोका दिनेश गौतम, श्यामप्रसाद भण्डारी र लक्ष्मिप्रसाद पौडेलले लेखेका हुन् । यसैबीच सोही अवसरमा राष्ट्रिय शिक्षा निति २०७६ र प्रदेश तथा स्थानिय तहमा यसको प्रभाव तथा नीतिगत विषयमा सरोकारवलाहरुसँग सछलफल भएको थियो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पुर्व जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले राष्ट्रिय शिक्षा नीतिमा रहेका रणनीति र कार्यनीतीहरुलाई कार्यान्वयन गर्नका लागि संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको जिम्मेवारीबारे अलग अलग रुपमा उल्लेख गरे ।