दुई महिनादेखि इलाका प्रशासन प्रमुखविहिन

सल्यान : बागचौर नगरपालिकामा रहेको इलाका प्रशासन कार्यालय दुई महिनादेखि प्रमुखविहीन बनेको छ । यस अघि कार्यालय प्रमुख सरुवा भएपछि नयाँ कार्यालय प्रमुख नआएको प्रशासन स्रोतले जनाएको छ ।

कार्यालयमा लामो समयदेखि प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन् । सबैभन्दा बढी कार्यालयबाट नागरिकता लिन आउनेहरू प्रत्यक्ष मारमा परेका छन् । इलाका प्रशासनबाट सहजै पाइने नागरिकता लिन सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालयमा धाउनु पर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ। बागचौर नगरपालिका, दार्मा र कुमाख गाउँपालिकाका सेवाग्राहीलाई मध्यनजर गरी बागचौरमा २०७२ सालदेखि कार्यालय स्थापना भएको छ ।

कार्यालयमा प्रमुखविहीन हुँदा काम गर्न समेत समस्या भएको कार्यालयका नायव सुब्बा हरि सापकोटाले बताए । दुई महिनादेखि प्रमुख नहुँदा वडा अध्यक्षहरूलाई जिल्लाको सिफारिस दिन आग्रह गरिएको उनको भनाई छ । अहिले पासपोर्टको अभिलेख भिडाउन मात्र सेवाग्राही आउने गरेको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले इलाका प्रशासन कार्यालय सल्यानबाट कार्यालय प्रमुखको सरुवा भएलगत्तै कर्मचारी पठाइ दिने भनेर गृहमन्त्रालयमा ताकेता गरेको जानकारी दिए । बागचौरलाई पहिलो प्राथमिकतामा राखेर कर्मचारी पठाउने मन्त्रालयले बताएको न्यौपानेले बताए । उनले भने, ‘इलाका प्रशासन कार्यालयबाट सेवा लिन आउने सेवाग्राहीलाई समस्या भएको मैलै पनि महशुस गरेको छु ।’

दुई महिनादेखि इलाका प्रशासन प्रमुखविहिन

‘कर्मचारी सुध्रिनुको विकल्प छैन’

दुई महिनादेखि इलाका प्रशासन प्रमुखविहिन

एनआरटीलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा

Leave a comment

Your email address will not be published. Required fields are marked *