३ बर्षे डिप्लोमा कृषि कार्यक्रम भवनको शिलान्यास
दिनेश कुमार बुढा
सुर्खेत : वीरेन्द्रनगर नगरपालिका वडा नं. १० सुर्खेत स्थित श्री जनसेवा माध्यामिक विद्यालय घुस्रामा ३ बर्षे डिप्लोमा कार्यक्रमको लागि नयाँ नमुना भवन निर्माणको शिलान्यास गरिएको छ ।
उक्त शिलान्यास कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल बाट बुधबार गरिएको हो । गत साल देखी १८ महिने कृषि विषयमा विद्यार्थीहरुले अध्ययान गर्दै आएका छन् भने यस सालदेखी १८ महिने संगै ३ बर्षे डिप्लोमा कृषि विषय पनि संचालन भएको छ ।
गत सालदेखी उक्त विद्यालय जनसेवा माध्यामिकमा नै अध्ययान हुदै आएको थियो भने अब आउने नयाँ विद्यार्थीका लागि छुटै भवनको निर्माण गरि कक्षा संचालन गरिने छ । उक्त विद्यालयमा हाल कक्षा एक देखी १२ सम्म अध्ययान गराउदै र हाल कृषि विषयको लागि कक्षा संचालन गर्न असजिलो भएको कारण तथा विद्यार्थीलाई उच्च किसिमको शिक्षा दिने उद्देश्यले सामाजिक विकास मन्त्रालयको सहयोग संगै अन्य निकाएको सहयोगमा उक्त भवन निर्माण गर्न लागेको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष नन्दलाल शर्माले जानकारी दिए ।
उनका अनुसार सामाजिक विकास मन्त्रालयको ५० लाख रुपौया तथा अन्य निकायहरु बाट २० लाख गरेर जम्मा ७० लाख रुपैँयामा उक्त भवन निर्माण २०७७ असार मसान्त सम्ममा ८ कोठाको भवन तयार गर्ने लक्ष्य राखिएको छ । गाउँमै तिन बर्षे डिप्लोमा कृषि विषय पढाई हुने भएको साथै नयाँ भवन निर्माण भई शिक्षण हुने भएकाले स्थानियबासि तथा विद्यार्थीहरु खुसी भएका छन् ।
साथैै भुकम्प रहित कोठाको निर्माणको लागि काम पनि संचालनमा थालिएको छ भने कृषि ल्याब तथा प्रयोगात्मकको लागि पनि उचित ठाउँको व्यावस्थापन विद्यालय हाता भित्रै गरिेने छ ।