‘सिम्ता हिंसामुक्त बनाउछौं’
दुर्गा विस
सल्यान : सिम्ता गाउँपालिकालाई हिंसामुक्त बनाउने एक कार्यक्रममा सहभागिहरुले जोड दिएका छन् । लैगिंक समानतामा जोड दिँदै सिम्तामा कुनै पनि हिंसा हनु नदिने सहभागीहरुले बताएका छन् ।
लैंगिक हिंसा विरूद्ध १६ दिने अभियान कार्यक्रम समापन कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन । उनीहरुले सिम्ताबाटै समानताको पुस्ताको युग सुरुहुने उद्घोष गरे । सिंगो गाउँपालिकाले नै सबै वडामा १६ दिने महिला हिंसाबिरुद्धको दिवश बमनाएको जानकारी दिँदै गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले अव सिम्तामा कुनै पनि हिंसा नहुने बताए ।
उनले सिम्ता क्षेत्रलाई हिंसामुक्त बनाउँदै नयाँ पुस्ताको सुरुवात गरिने उदेघोष गरे । त्यस्तै गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला शाहीले महिला हिंसा बिरुद्धको १६ दिने अभियानले घरघरको दिदीबहिनीहरुलाई सचेतना फैलाएको बताइन । उनले महिला, पुरुष दुबैले एक अर्काेका अधिकार बिरुद्ध हुने जुनसुकै क्रियाकलापा हिंसा भएको बताइन ।
कार्यक्रममा सामाजिक विकास समिति संयोजक टेकनारायान विक, निमित्त प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर राना, वडा सदस्य नेत्रलाल महतारा, लोकबहादुर शाही, तेजविक्रम शाही, शिक्षक महासंघ अध्यक्ष टोपबहादुर खत्री, केट नेपालका प्रतिनिधि रामविक्रम शाही, गैसस महासंघ अध्यक्ष घनश्याम केसी, वरिष्ठ कलाकार प्रेमदेव गिरी लगायतको सहभागिता रहेको थियो ।
