ठेकेदारले ठग्दा, सम्झौता सकिएपछि कालोपत्रे सुरु

दुर्गा विस
सल्यान : कुनै पनि निर्माण व्यवसायीहरु विकास निर्माणमा बलिया सम्वाहक हुन् ।  निर्माण कम्पनीले चाहेको खण्डमा कुनै पनि ठाउँको पूर्वाधार विकास दु्रत गतिमा अगाडी बढ्न सक्छ ।

तोकिएको समयावधि अगावै काम सम्पन्न गर्ने केही उदाहरणीय कम्पनीहरु पनि छन् । तर मुलुकमा केही यस्ता कामचोर ठेकेदारहरु छन् जसले विकास निर्माणलाई पछाडि धकेल्दै काम आएका छन् । ठेकेदार कम्पनीले विकास निर्माणमा राज्यलाई कतिसम्म ठक्छन् भन्ने एउटा उदाहरण हो थेगीम गाल्वा निमार्ण कम्पनी । सल्लीबजार–चौरचहारी सडक खण्डको स्तरोन्नती गर्ने जिम्मा पाएको कम्पनीको लापरवाहीका कारण सम्झौता सकिएको झण्डै आठ स्तरोन्नती सुरु भएको छ ।

चौरजहारी सडकको केही भाग स्तरोन्नतीका लागि २०७३ साउनमा थेगीम गाल्वा निमार्ण कम्पनीका ठेकेदार नरहरी थपलियाले ३३ महिनामा सम्पन्न गरी डिभिजन कार्यालय दाङसँग नौं करोड रुपैयाँमा कामको सम्झौता गरेका थिए । तर थपलीयाले राज्यलाई ठक्दै कामको जिम्मा दोस्रो व्यक्ती अर्थात रामबहादुर विष्टलाई थिए । विष्टलेसमेत स्तरोन्नतीको काम नगरेपछि थपलीयाले पुनः तेस्रो व्यक्ति मोहन शाह र प्रमोद श्रेष्ठलाई कामको जिम्मा दिएका छन् ।

थपलियाले गरेको सम्झौता अनुसार आजभन्दा आठ महिनाअघिनै काम सकिनु पर्ने हो । सल्यानन पश्चिम र रुकुमपश्चिम क्षेत्रका आम नागरिकको जीवनसँग जोडिएको सल्लीबजार–चौरचहारी सडक खण्डको स्तरोन्नतीमा उनले चरम लाप्रवाही गरेका थिए । पटक–पटक समयावधि थप्दै आएका थपलियाले स्तरोन्नतीको कम केहीदिन अघिमात्रै सुरु भएको छ । थपलियाले कामको जिम्मा दिएका तेस्रो व्यक्तिले सल्लीबजार–चौरजहारी सडकखण्डमा पर्ने ६ किलोमिटर सडक खण्ड कालोपत्रे गर्न थालिएका छन् । तेस्रो व्यक्तिले काम सुरु गरेपछि वर्षाैदेखि पानी पर्दा हिलाम्ये र घामलाग्दा धुलाम्ये हुँदै आएको सल्लीबजार–चौरजहारी सडक खण्डको केही भाग लामो समयपछि स्तरोन्नती हुन लागेको छ ।

आमखोलादेखि त्रिवेणीवजारसम्मको करिव ६ किलोमिटर सडक कालोपत्रे हुन थालेको हो । झण्डै एक वर्षअघि कालोपत्रे हुनुपर्ने सडक खण्डमा ठेकेदार कम्पनीको लापरवाहीका कारण अलपत्र परेको थियो । कालोपत्रे गर्नका लागि हिजोआज निर्माण कम्पनीले नाली र पर्खाल बनाउने कम गरिरहेको छ । कामचोर ठेकेदारहरुको गाडी र सर्वाजनिक स्थानमा फोटो टाँसेर ठेकेदारको खिल्ली उडाइरहेका बेला सल्यानमा भने सम्झौता सकिएको झण्डै आठ महिनापछि कम सुरु भएको हो ।

उसो त रुकुमपश्चिमलाई प्रदेश राजधानी सुर्खेतसग जोड्ने सबैभन्दा छोटोमार्ग सल्लीबजार–चौरजहारी सडक वर्षाैदेखि स्तरोन्नती हुन सकेको छैन । २०५७/०५८ मा ट्याक खोल्न सुरु गरेको सडक राज्यको प्राथमिकतमा पर्न नसक्दा यात्रुले यास्ती खेप्दै आएका छन् । मुलुक शान्तिप्रक्रियामा आएसँगै सडकको २०६७/०६८ सडको ट्याक सम्पन्न भएको थियो । तर दश वर्षवित्न लाग्दा समेत सडक ग्राबेल समेत हुन सकेको छैन । सडकको स्तरोन्नती हुन नसक्दा रुकुमका नागरिकहरु पाँच नम्बर प्रदेश दाङ, कोहलपुर हुँदै सुर्खेत आउनुपर्ने बाध्यता रहेको छ । कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी जोड्ने सडकलाई पहिलो प्राथमिकतामा राखेपनि यो सडक खण्ड भने बर्खाको समयमा हरेक वर्ष पूर्ण रुपमा बन्द हुँदै आएको छ । प्रदेशको राजधानी सुर्खेत आउने यात्रुको सहजताका लागि गएको दशैतिहारमा सुर्खेत–रुकुमखलंगा सिधा बस सेवा सुरु भएको छ । तर धुलाम्ये सडकका कारण यात्रु र यातायात व्यवासयीले हैरानी ब्यहोर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया