हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्लामा हिमपात भएको छ । हिजो दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात शरू भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिए । यहाँ दुई इञ्चसम्म हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ । […]

हुम्लामा हिमपात

हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात सुरु भएको हो । सोमवार बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहराले बताए […]

हिमपातका कारण नाग्म–गमगढी सडक पुनःअवरुद्ध

शुक्रवारको राति देखिको लगातारको वर्षा र हिमपातका कारण कर्णाली राजमार्ग अन्तर्गत नाग्म–गमगढी सडक खण्ड अवरुद्ध भएको छ । कर्णाली राजमार्ग अन्तर्गत नाग्म–गमगढी सडक खण्डमा पर्ने भुलभुले, घुच्चीलेक, सिप्टिचौर र सातमोडमा बाक्लो हिउँ जमेका कारण सडक अवरुद्ध भएको हो । यसअघि हिउँ परेर केही दिन अवरुद्ध भएको नाग्म–गमगढी सडक खण्डको घुच्ची, सातमोड र सिप्टिचौरको हिउँ पन्छाएर […]

हुम्लाको हवाई सेवा दुई दिनदेखि अवरुद्ध

हिमपातका कारण हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । आइतबार बिहानदेखि हिमपात भएको थियो । विमानस्थलको रनवेमा हिउँ जमेकोले हवाई सेवा अवरुद्ध भएको हो । घाम लागेपछि सोमबार दिउँसो रनवेमा जमेको हिउँ पग्लिए पनि हावा चलेका कारण उडान हुन सकेको छैन । हवाई सेवा अवरुद्ध हुँदा यहाँबाट सुर्खेत, नेपालगञ्ज जाने तथा सिमकोट आउनुपर्ने […]

देशका केही स्थानमा वर्षासँगै हिमपात

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ । देशभर साधारणतया बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाका साथै बागमती प्रदेशको थोरै स्थान तथा बाँकी भू–भागको […]

हिमपातले भूकम्प पीडितको जनजीवन कष्टकर

हिमपातले भूकम्प पीडितको जनजीवन थप कष्टकर बनेको छ । भूकम्पले घर भत्काएपछि अहिले केही पीडितहरू अस्थायी आवासमा र केही पीडितहरू त्रिपालमै बस्दै आएका छन् । बिहानैदेखि भएको हिमपातले उनीहरू थप पीडामा परेको प्रतिक्रिया दिएका छन् । आठविसकोट नगरपालिका–१४ छेपारे गाउँकी भूकम्प पीडित देवकली पुन मगरले रातीदेखि पानी पर्न थालेपछि चिन्ता बढ्न थालेको बताए । “चिसो […]

कर्णालीमा हिमपात हुँदा किसान उत्साहित

कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात भएको छ । हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटमा बिहीवार रातिदेखि नै हिमपात भइरहेको छ । लामो समयसम्म हिउँ नपरेपछि चिन्तित बनेका कर्णालीका किसान हिमपातसंगै उत्साहित भएका छन् । पुषमै हिउँको प्रतिक्षा गरिरहेका किसान ढिलै भएपनि हिउँ पर्दा हर्षित भएका हुन् । हिउँ नपरेसम्म कर्णालीको हिउँदेबाली उत्पादनमा गिरावट आउँनुका साथै […]

हिउँ नपर्दा किसान चिन्तित

जुम्लामा गतवर्ष मंसिरमा नै हिमपात भएको थियो। यति छिटै हिउँ विरलै पर्ने गर्छ । प्रायः यहाँ मंसिर अन्तिमदेखि मात्र हिमपात सुरु हुन्छ । चिसो र हिमपात छल्न जुम्लीहरु कात्तिक अन्तिम र मंसिर पहिलो साता काठमाडौं, सुर्खेत,नेपालगन्ज, बेंसीसहर झर्ने गर्छन् । ‘मंसिरदेखि नै प्रायः जसो हिमपात हुन्थ्यो । अहिले त माघ महिनाको पहिलो साता पनि कटिसक्यो, तैपनि हिउँ परेन,’जुम्ला पातारासी गाउँपालिका […]

उच्च पहाडमा हिउँ नपर्दा किसान चिन्तित

पुसमा हिमालमा परेको हिउँ जमेर बस्ने र अन्य महिनामा परेको हिउँ चाँडै बिलाउने पुरातन विश्वास रहेपनि कर्णालीका हिमालमा अहिले हिउँ भन्दा पनि काला पहाड मात्र देख्न सकिन्छ । पुसमा हिमालमा हिउँ नपर्दा अन्नबाली लगाएका खेतबारी सुख्खा धुलोमा परिणत भएका छन् । अघिल्ला वर्षमा हिउँले सेताम्य देखिने हिमाल सुख्खा देखिएका छन् । माघ लाग्दा पनि हिमपात […]

हिउँदेयाममा पानी, हिमपात नपर्दा कर्णालीमा समस्या

कर्णालीका रहेका हिमालय क्षेत्रमा हिउँ नपर्दा हिमालहरू काला हुनुका साथै किसानलाई खेती किसानीमा समस्या भएको छ । हिउँदेयाममा पानी, हिमपात नपर्दा कर्णालीमा समस्या भएको हो । कर्णालीका हिमाल यस क्षेत्रका नदी नाला तथा हिमपातको पानीको मुख्य स्रोत हो । आकाशे पानीको भरमा लगाएका अधिकांश खेती पानी नपर्दा पानी नपाएर सुक्न थालेको किसानले बताएका छन् । […]

जाडोले मुगुका एक सय बढी परिवारले गाउँ छोडे

मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्लो भेगमा हिमपातसँगै अत्याधिक जाडो बढेपछि करिव एक सय २० परिवारले गाउँ छोडेका छन् । उक्त गाउँपालिकाको वडा नम्बर २ मुगु गाउँमा जाडोले बस्न नसक्ने अवस्था आएपछि घर छोडेर सम्पूर्ण स्थानीय बाहिरिएको पालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । अध्यक्ष लामाकाअनुसार कार्मारोङ क्षेत्रमा मंसिरमै दुई पटक हिमपात हुँदा अत्याधिक जाडोले धारा तथा खोलाको […]

हिमपातले हुम्लाको जनजीवन प्रभावित

हिमपातका कारण चिसो बढ्दा हुम्लाको सदरमुकाम सिमकोटको जनजीवन प्रभावित बनेको छ । तापक्रम माइनसमा झरेसँगै चिसो बढेकाले पानीका धारामै बरफ जम्न थालेको हो । जिल्लामा यतिवेला बिहान र रातिको समय तापक्रम माइनस १० डिग्रीसम्म पुग्ने गरेको छ । यो वर्ष हिउँदयाममा पनि हिल्सामा होटल व्यवसायी बस्दै आएका छन् भने साथै सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी […]

हिमपातले लिमी आउजाउ बन्द

गत सोमवारको हिमपातपछि नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ बन्द भएको छ । लिमी जाने नारा र न्यालु लेकमा बाक्लो हिउँ जमेपछि लिमी आउजाउ बन्द भएको हो । लिमीका स्थानीय निमा तामाङले सोमबार परेको बाक्लो हिमपातले लिमीको बाटो बन्द भएको बताए । उनले लिमी जाने दुई वटा नाकाहरु चार हजार ६ सय मिटर अग्लो […]