जेनजी आन्दोलनमा आँखा गुमाएका बोहराको उपचारका लागि सामाजिक विकास युवा क्लबद्वारा डेढ लाख सहयोग संकलन

सुर्खेत ,३१ असोज ।
जेनजी आन्दोलनका क्रममा घाइते भएका वीरेन्द्रनगर २ ठौरी सुर्खेतका सन्तोष बोहोराको उपचारमा आर्थिक सहयोग भन्दै सहयोग संकलन अभियान शुरु गरिएको छ ।
सामाजिक विकास युवा क्लव वीरेन्द्रनगर २ ठौरीको सहजीकरणमा आर्थिक सहयोग अभियान शुरु गरिएको क्लबका सचिब दुर्गप्रसाद आचार्यले जानकारी दिएका छन । वीरेन्द्रनगर २ बाट शुरु गरिएको आर्थिक सहयोग अभियानले विभिन्न वडाका व्यक्तीहरुले पनि सहयोग गरेको सचिव आचार्यले बताएका छन । गत भदौ २३ र २४ गते आन्दोलनका क्रममा प्रहरीको गोली लागि दुबै आँखा गुमाएका घाइते बोहराको उपचारका लागि भन्दै आर्थिक सहयोग संकलन अभियान शुरु गरिएको सचिब आचार्यले जनाएका छन ।
श्रृजना सामुदायिक वन उपभोक्ता समितीले पाँच हजार, सामाजिक विकास युवा क्लवबाट पाँच हजार, लगायत विभिन्न संघ सस्था तथा व्यक्तीहरुले पनि सहयोग गरेको क्लवका अध्यक्ष रामबहादुर चौधरीले जनाएका छन ।
यसैगरि दुर्गाप्रसाद आचार्यले रु २ हजार एक सय, समिर भण्डारीबाट ५ हजार एक सय, शेरबहादुर सम्सेलीबाट एक हजार एक सय, विवेक दर्लामीबाट दुइ हजार पाँच सय पाँच, सुमन राजीबाट एक हजार पाँच सय पाँच, महेन्द्र पौडेलबाट एक हजार, गणेश थापाबाट एक हजार पाँच, धमे्रन्द्र पौडेलबाट एक हजार एक सय एघार, तुलसी प्रसाद पौडेलबाट एक हजार एक सय, नयाँ राम चौधरीबाट पाँच सय, झकबहादुर बस्नेतबाट रु पचास, बलबहादुर खड्काबाट पाँच सय पाँच, वीरबहादुर खड्काबाट एक हजार पाँच सय, विजयसिंह ठकुरीबाट पाँच हजार एक,, नविन भण्डारी पाँच सय पचास, बेदबहादुर राना दुइ हजार एक सय, रमेश रानाक्षेत्री एक हजार एघार, घनश्याम भण्डारी दुइ हजार पाँच सय पचपन्न सहयोग आएको अध्यक्ष चौधरीले बताएका छन ।
यसैगरि रत्नबहादुर ठाडा तिन हजार पाँच, खड्क रानाक्षेत्री एक हजार पाँच सय पाँच, दुर्गाबहादुर सुनार एक हजार ८ सय पच्चिस, दिपक पौडेल दुइ हजार पाँच सय, उमेश गौतम तिन हजार चार सय दश, बलबहादुर सिंह ठकुरी पाँच हजार पाँच सय पचपन्न, यामप्रसाद पौडेल एक हजार पाँच सय पाँच, भुवन थापा दैलेखबाट पाँच सय पाँच, अविन्द्र मगर इत्रामबाट एक हजार एक सय पाँच, पवन भण्डारी एक हजार पन्ध्र, श्याम खड्का एक हजार, कृष गौतम भैरबस्थानबाट पाँच सय, चेतन रेग्मी एक हजार, राना जनरल स्टोरका रेशम रानाले २ हजार पाँच, किर्तिनिधी सापकोटा विद्यापुरबाट पाँच सय एघार, शुशिल खत्री दुइ हजार एक सय ५१, देवराज ढेगामगर एक हजार पाँच सय, सुरेश भण्डारी एक हजार पाँच सय, गणेश पौडेल एक हजार पाँच सय पच्चिस, हरिबहादुर सारुमगर एक हजार पाँच सय, नविन बहादुर सार्कि एक हजार पनि संकलन भएको सचिव दुर्गप्रसाद आचार्यले जनाएका छन ।
यस्तै प्रकाश थापा चिसापानी एक हजार पाँच सय, वीरबहादुर रोकाय दुइ हजार दुइ सय २२, अशोक राजी दुइ हजार, बालकुमार सारु दुइ हजार एक सय २१, गोपाल बराइ मगर एक हजार पाँच, दिलबहादुर रावत बाँके पाँच सय पाँच, दिलबहादुर राजी पाँच हजार पाँच सय, सुनिल माझि जापान एक हजार पाँच सय, जीवन परियार पाँच सय पचास, सुरेश राना दुइ हजार एक सय ५१, सुरेश बोकटी तिन हजार ९ सय, गुप्तबहादुर ढेगामगर तिन हजार, न्यू भावना स्टोरका जीवन पौडेल तिन हजार, सन्तोष कार्कि दुइ हजार, डिलाराम भारती पाँच सय, टिकाराम चौधरी एक हजार १५, रामप्रसाद चौधरी पाँच सय २५, अनिल आचार्य मसुरीखेत पाँच सय, निराजन पौडेल एक हजार ११, धनबहादुर बोहरा पाँच हजार एक, सुदिप गौतम इत्राम एक हजार एक, दिनेश दर्लामीमगर पाँच हजार, विक्रम दलार्मीमगर दुइ हजार पाँच सय, हेमन्त दर्लामीमगर दुइ हजार पाँच सय, लोकेन्द्र रानाक्षेत्री एक हजार पाँच सय पाँच, सुन्दर कुमार सिंह जाजरकोट एक हजार १०, पवन गुरुङ्घ भुरेली एक हजार, उत्तम दर्लामीमगर एक हजार एक सय, रतन सुनार पाँच सय संकलन गरिएको सचिब आचार्यले बताएका छन ।
त्यसैगरि कमल पाण्डे कालिकोट दुइ हजार पाँच सय, टिकाराम गौतम एक हजार एक सय, नरबहादुर बस्याल भैरबस्थान पाँच सय पाँच, वीरेन्द्र चौधरी पाँच सय, लोकेन्द्र रोकाय दुइ हजार एक सय, हेमन्त राजी एक हजार तिन सय ११, खगेन्द्र दर्लामीमगर एक हजार पाँच, यामबहादुर रामजारीमगर एक हजार एक सय ११, बसन्त गिरी पाँच सय, बखत रोकाय एक हजार, रमेश क्षेत्री ६ सय, गंगा बुढा पाँच सय, तेजबहादुर सुनार एक हजार एक सय, सुशिल बुढाथोकी एक हजार, दिपेन्द्र थापामगर एक हजार पाँच, वीरबहादुर सारु कालागाउँ चार हजार पाँच सय, विपीन नेपाली दुइ हजार, खगेन्द्र खनाल एक हजार पाँच सय, दिपक पौडेल एक हजार पाँच सय, भुपाल गाहामगर पाँच सय, जनक बुढा पाँच सय, खड्क प्रसाद गौतम एक हजार आर्थिक सहयोग गरेको उपाध्यक्ष वीरबहादुर खड्काले जनाएका छन ।
करिब एक लाख पचास हजार आर्थिक सहयोग संकलन गरेको सामाजिक विकास युवा क्लव वीरेन्द्रनगर सुर्खेतले सबैलाइ मनदेखि नै सहयोग गरिदिन अनुरोध गरेको छ । यसै गरि क्लबले एक कार्यक्रमको आयोजना गरि जेनजी घाइते सन्तोष बोहराको बुवा र आमालाइ रकम हस्तान्तरण गरेको क्लबका प्रतिनिधी तुलसी पौडेलले जानकारी दिएका छन । हाल घाइते बोहराको नेपालगंञ्ज मेडिकल कलेजमा उपचार भैरहको छ ।





