साहित्यकार छविलाल खड्काको ‘बकुल्लाको सभा’ मुक्तकसङ्ग्रह लोकार्पण

बाँके,३१ असोज ।

साहित्यकार छविलाल खड्काको नयाँ मुक्तकसङ्ग्रह ‘बकुल्लाको सभा’ एक भव्य समारोहबीच लोकार्पण गरिएको छ। कोहलपुर नगरपालिकाको मुटुमा रहेको नौतले धरहराको माथिल्लो तलामा आयोजित कार्यक्रममा उक्त कृति सार्वजनिक गरिएको हो।

हाइकु केन्द्र बाँकेको आयोजनामा सम्पन्न लोकार्पण समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य महानन्द ढकाल, कृतिकार छविलाल खड्का, केन्द्रका अध्यक्ष बद्री ढकाल ‘हिरामणी’ लगायत ११ जना साहित्यकारहरूले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए।

कार्यक्रममा कथाकार विष्णु पादका, सुमित्रा न्यौपाने, चन्द्रावती अधिकारी, गोरखबहादुर हमाल, राधिका गैरे, आवरण निर्माता आयुष्मा ढकाल, मुद्रणकर्ता ढकबहादुर थारूलगायतका साहित्यप्रेमीहरूको उपस्थिति उल्लेखनीय थियो।

हाइकु केन्द्र बाँकेका अध्यक्ष बद्री ढकाल ‘हिरामणी’को अध्यक्षता र चन्द्रावती अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागी साहित्यकारहरूले ‘बकुल्लाको सभा’ मुक्तकसङ्ग्रहबाट एक–एक मुक्तक वाचन गरेर वातावरणलाई काव्यमय बनाएका थिए।

प्रकाशक डिला खड्काले प्रकाशन गरेको ‘बकुल्लाको सभा’ साहित्यकार छविलाल खड्काको छैठौं कृति हो। कार्यक्रममा वक्ताहरूले कृतिकार खड्काको लेखनशैली, मुक्तकमा प्रयोग भएका सशक्त भाव र भाषिक सौन्दर्यको प्रशंसा गर्दै नेपाली साहित्यमा यसले नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे।

साहित्यकार छविलाल खड्काको ‘बकुल्लाको सभा’ मुक्तकसङ्ग्रह लोकार्पण

मृतक र दोहोरो लाभग्राहीका नाममा भत्ता हिनामिना

साहित्यकार छविलाल खड्काको ‘बकुल्लाको सभा’ मुक्तकसङ्ग्रह लोकार्पण

जेनजी आन्दोलनमा आँखा गुमाएका बोहराको उपचारका लागि

Leave a comment

Your email address will not be published. Required fields are marked *