तिलाकाे रारागाउँमा खानेपानी पुगेपछि स्थानीय खुसी

गाेल्डेन बुढा

जुम्ला,११ भदौ।
खानेपानीकाेले अभावले काकाकुल बनेको रारागाँउमा खानेपानी पुगेको छ।जुम्लाको तिला गाउँपालिका-१ रारागाँउमा ४३ वर्ष अघि बनेको दुम्कली खानेपानी आयोजनाको मुहान सुक्दै गएपछि गाउँमा खानेपानीले काकाकुल बनेको थियोे।अहिले रारा गाउँमा खानेपानी पुगेपछि स्थानीयहरुमा खुसीयाली छाएको छ। तिला -१ रारागाँउकी टिउकी रावतले लगभग रारा गाउँको ३ सय घरधुरी र सेरीका ३० वटा घरधुरी लगायत कुल ३ सय ३० घरधुरीमा चरम खानेपानीको अभाव झेलिरहेका थिए।

अव गाउँमा प्रयाप्त खानेपानी पुगेको छ। हामी खुसी छाैँ,उनलेे भनिन् राम्रोसँग पानी खान पाइने भयो, पाँच घण्टासम्म धारामा लाइन लाग्न जानुपर्ने बाध्यता थियोे।अब हट्ने भयाे । ‘कयौं स्कुलले बालवालिकाले पानी भर्नकै लागि विद्यालय छुटाउँथे,’ बिहान र बेलुका आफ्नो गृहकार्य भन्दा पनि घरमा पानी छ कि छैन भन्ने पिरलो हुन्थ्याे।’ छुटकारा भयो।रावतले भनिन्।उनका अनुसार अहिले ६ सेकेण्डमा १० लिटर बराबर पानी आईरहेको छ।पानीको मुहान अभाव भएको रारागाउँमा पाईपलाईनबाट झण्डै २१ किमी पार गरेर तिला नदि क्रस गर्दै गाउँमा खानेपानी झर्न सफल भएको छ । पानीको मुहान नहुदा गाउँमा खानेपानी ल्याउन कठिन थियो । यस गाउँको दशकाैँ देखीको सपना बल्ल यस पटक पुरा भएको हो । धारा निर्माण वाँकी रहेपनि स्थानीय अहिले पाईपबाटै आएको पानी खान शुरु गरिसकेका छन्।उक्त वडामा खानेपानीको मुल नहुदाँ तिला गाउँपालिका -९ को सुडि गाउँले खानेपानीको मुल दिए पछि गाउँपालिकाले खानेपानीको प्रस्ताब अगाडि बढाएको थियो।जुम्लाका संघीय सांसद छिरिङ ल्हामु लामा तामाङले गाउँपालिकाको माग अनुसार राष्ट्रिय योजना आयोगबाट निरन्तर पहल गरि रारा खानेपानी प्रथामिकतामा परेको थियो । उनले राराको खानेपानीको बिषय अन्य गाउँ भन्दा भिन्न छ, योजना पर्दा पनि सफल हुन सकेको थिएन, तर यस पटक सफल भएको छ।सिंगो गाउँ खुसी छ।

यस्तै उक्त गाउँकी देविका रावतले पहिले एक गाग्री पानी भर्न पानीको धारामा लाइन कुर्थ्याे, भनिन्, ‘एकगाग्री पानी भर्न ५ घण्टासम्म लाइन कुर्नुपर्ने समस्या थियोे।’ भर्न लाइनमा नियमित महिला दिदीबहिनीकाे झैझगडा हुन्थ्यो।कहिलेकाहीँ त,पालो कुर्दै पानी सुक्थ्याे।पानीको अभावले गर्दा सरसफाई गर्नदेखि पशुचौपायालाई खुवाउन र सिचाइ गर्न निकै कष्टकर थियोे।

 

धारामा सधैं गाग्री सम्मेलन हुन्थ्याे।अब ती दुख्का दिन हराए।यता तिला गाउँपालिकाका प्राविधिक शाखाका प्रमुख ईन्जिनियर धनप्रसाद चौलागाईका अनुसार रारागाउँमा उक्त खानेपानी आयोजनाको भ्याट सहित पाँच कारोड ९१ लाख रुपैयाँको टेण्डर आह्वान भएको थियो । निर्माण कम्पनी शिवदुती-सुलोचना-बाजु जेभी चार करोड ४ लाख ३६ हजार ७७ रुपैयाँमा तीन वर्षभित्र कामको सम्झौता गरिएको छ।उक्त काम अनुसार गाउँमा पानी पुगेको छ, तर तेस्रो बर्षको घर- घरमा धारा निर्माण सहितका काम गर्न बाँकी छ ।खानेपानीको समस्या भोगिरहेको रारागाउँमा स्थानीय सरकार आउने वित्तिकै पहिलो काम खानेपानीको थालेको थियो।यो समस्या प्रतिनिसिभा सांसद छिरिङ सँग पुर्याएपछि बजेटको सुनिश्चितता भएको गाउँपालिकाले जनाएको छ। पहिला पनि पानी ल्याउने पहल भएपनि खानेपानी ल्याउन सकिएको थिएन। तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले भने,´संघीय सरकार र गाउँपालिकाको सहयोगमा खानेपानी योजना हामीले नै सिलान्यास गरेका थियौ,अब गाउँमा पानी पुगेको छ, केही समस्याहरु हल भए,अझ केही व्यवस्थापन गर्न आवश्यक छ।अध्यक्ष राेकायाले भने,संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाई पहुँचको हक हुनेछ भनी स्पष्ट लेखिएको।सबै नागरिकले स्वच्छ खानेपानी खाना पाउनु नैसर्गिक अधिकार हो।अध्यक्ष भन्छन्।

तिलाकाे रारागाउँमा खानेपानी पुगेपछि स्थानीय खुसी

सम्पादकीय : तीजको गरिमा जोगाऔं !

तिलाकाे रारागाउँमा खानेपानी पुगेपछि स्थानीय खुसी

हाईअल्टीच्युट ट्रेनिङ सेन्टर निर्माणलाई अघि बढाउन छलफल

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds