सुतेकै ठाउँमा सर्पले टोक्दा दुई बालिकाको मृत्यु, एक वृद्धा घाइते


कैलालीमा सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु भएको छ भने एक वृद्धा घाइते भएका छन् । गौरीगङ्गा नगरपालिका वडा नम्बर ७ मौलियामा एउटै विस्तारमा सुतेका दुई नातिनी र बजैलाई सर्पले डसेको जनाइएको छ ।

शुक्रवार राती सर्पको डसाइबाट ६ बर्षीया काजल घर्तिमगर र चार बर्षीया लीला घर्तिमगरको निधन भएको छ भने अन्दाजी ६७ बर्षीय रिजु घर्तिमगरको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भई रहेको स्थानीय शङ्कर पुनमगरले बताए ।

उनका अनुसार झुल नलगाई खाटमा संगै सुतेका बालिकालाई पहिला टोकेर वृद्ध महिलालाई टोकेपछि उनी बिउँझेको र तुरुन्तै सर्प दंश उपचार केन्द्र बडैपुर लगिएको थियो ।

बालिकाहरूलाई टोकेको उनीहरूले बान्ता गर्न थालेपछि मात्र थाहा भएको र ढिला अस्पताल पुर्याउदा मृत्यु भएको बताइएको छ । तीन बर्ष पहिला छारे रोगबाट बुबाको मृत्यु भई सकेका बालिकाहरूको आमा रोजगारका लागि विदेश जाने तयारीमा काठमाडौँ गएपछि बालिकाहरू बाजे बजैको संरक्षणमा बस्दै आएको स्थानीय पुनमगरले जानकारी दिए ।

सुतेकै ठाउँमा सर्पले टोक्दा दुई बालिकाको मृत्यु, एक वृद्धा घाइते

मुगुमा ५७ प्रतिशत गर्भपतन असुरक्षित

सुतेकै ठाउँमा सर्पले टोक्दा दुई बालिकाको मृत्यु, एक वृद्धा घाइते

नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, ३०

This will close in 0 seconds