विद्युतकै समस्यामा वीरेन्द्रनगर औद्योगिक क्षेत्र


‘रारा’ ब्राउण्डको दुग्ध पदार्थ वीरेन्द्रनगर औधोगिक क्षेत्रमा रहेको सुर्खेत डेरी उधोग प्रा.लि.ले उत्पादन गर्दै आएको छ । औधोगिक क्षेत्रभित्र स्थापना भएको यस उधोगमा बत्तीकै समस्याले पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन । स्थानीय कृषि उत्पादनमा आधारित उधोग भएपनि विधुत प्राधिकरणले बत्तीको डाइरेक्ट (फिडर) लाईन जडान नगरिदिँदा समस्या भएको हो । उधोग पूर्ण क्षमतामा सञ्चालन नहँुदा यस क्षेत्रका किसानले उत्पादन गरेको दुध पूर्ण रुपमा संकलन तथा प्रशोधन गर्न नसकिएको सञ्चालकको भनाई छ ।

वीरेन्द्रनगरमा सञ्चालन भइरहेको औद्योगिक क्षेत्र कर्णाली प्रदेशको एउटा मात्र औद्योगिक क्षेत्र भएता पनि विद्युतकै कारण त्यति प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन । वीरेन्द्रनगर औद्योगिक कार्यालयका निमित्त प्रमुख शेरबहादुर पौडेलले औधोगिक क्षेत्रको पहिलो विकास नै विद्युत, पानी र बाटो हुनुपर्नेमा माग अनुसारको क्षमतामा सहज विधुत वितरण गर्न नसकिएको बताए ।

बत्ती पटक–पटक जाँदा उधोगहरुले पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको, कच्चा पदार्थहरुमा समस्या हुने गरेको उनले जानकारी दिए । अन्य औद्योगिक क्षेत्रमा विधुत प्राधिकरणले डाईरेक्ट लाईन (फिडर) जडान गरेको भएपनि यस क्षेत्रमा त्यो नभएकाले विधुतको ठुलो समस्या भैरहेको उनको भनाई छ ।
बत्ती नजाने भएमा उद्योग प्रर्वद्धनमा पनि बृद्धि पु¥याउने, सञ्चालनमा रहेका उधोगहरु पूर्ण रुपमा सञ्चालन हुने, रोजगारीको अवसर सृजना हुने, कार्यालयको बार्षिक आम्दानी वृद्धि हुने थियो विधुतकै कारण कार्यालयको आय बढ्न नसकेको पौडेलले जानकारी दिए । अहिलेको अर्थतन्त्रमा उद्योग नै धरापमा परेको उनको भनाई छ । उनले भने, ‘औद्योगिक क्षेत्र हरेक क्षेत्रमा खोल्नु पर्ने हो, त्यसबाट स्थानीय उत्पादन बढाउँदै स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना हुन्छ ।’

वीरेन्द्रनगर औद्योगिक क्षेत्र नेदरल्याण्ड सरकारको सहयोगमा ‘प्राइमुभर इण्डष्ट्रिज प्रोजेक्ट’ अन्तर्गत वि.सं. २०३८ साल कात्र्तिक २२ गते स्थापना भएको हो । यो औद्योगिक क्षेत्र ९० रोपनी जमिनमा फैलिएको छ । यो क्षेत्रमा ६८ दशमलव शुन्य सात रोपनी जग्गा भाडामा दिएको र २१ दशमलव ९३ रोपनी जग्गा कार्यालय प्रयोजनमा छ । यो सुरुको भन्दा अहिले लिएको लिजमा शुन्य दशमलव शुन्य तीनले घटेको छ ।

हाल यस क्षेत्रमा जम्मा उद्योग २७ वटा उद्योग रहेका छन् । जसमध्ये २३ वटा चालु, ३ वटा निर्माणाधीन र एउटा उद्योग बन्द रहेका छन् । यस क्षेत्रभित्रका उद्योगहरूले एक सय ७१ जना पुरुष र ९२ जना महिला गरी कुल दुई सय ६३ जनालाई प्रत्येक्ष रोजगारी दिएको छ । यस क्षेत्रमा काठमा आधारित उद्योग, वर्कसप, पोल्ट्री, पानी, दुग्ध पदार्थ, खाद्य उद्योग, प्रेस, उर्जा आदि उद्योगहरु रहेका छन् ।

यस औद्योगिक क्षेत्रभित्र कार्यालयकै स्वामित्वमा रहेको जग्गामा डिप बोरिङबाट निकालिएको पानी वितरण गरिएको छ । क्षेत्रभित्र विद्युत वितरण गर्न पाँच सय केभिएको ट्रान्सफरमर जडान भएको छ । औधोगिक क्षेत्रभित्रको जम्मा सडक शुन्य दशमलव ९१ किलोमिटर रहेको छ ।

चौरासेको वन क्षेत्र छोडेर डिपीआर बनाईदै
लेकबेशी नगरपालिकाको चौरासेमा प्रादेशिक औद्योगिक क्षेत्र स्थापनाको प्रस्ताव गरिएको लामो समयपछि वन क्षेत्रको केहि भाग छाडेर डिपीआर बनाई अगाडी बढाउने तयारी गरिएको छ ।

लेकबेशी नगरपालिका–१० को चौरासेमा करीव ७० वटा उद्योग राख्न सकिने गरी प्रादेशिक स्तरको नयाँ औद्योगिक क्षेत्र निर्माण गर्नेगरी प्रक्रिया बढेको औद्योगिक विकास व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तले जानकारी दिए ।

वन क्षेत्र भएकाले मुआब्जा लगायत अन्य अवरोध पनि नभएकाले चौरासेमा प्रादेशिक औद्योगिक क्षेत्र स्थापना सम्भव भएको अध्यक्ष पन्तले जनाए । दुई सय १९ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउन सकिने उनको भनाई छ । यस प्रस्ताविक औद्योगिक क्षेत्रको लागत करिब १४ अर्ब अनुमान गर्न सकिने उनले जानकारी दिए ।

यस क्षेत्रमा वनसमेत भएकाले मुआब्जाको समस्या नभएको, आवास क्षेत्र नभएकाले कुनै अवरोध पनि नआउने बताएका छन् । उनका अनुसार सार्वजनिक–निजी–साझेदारी (पिपिपी) मोडेलबाट गराउन सकिने बताए । औद्योगिक क्षेत्रमा कर्णाली प्रदेशमा प्राप्त हुने कच्चा पदार्थ उपयोग हुने उद्योग स्थापना गर्नुपर्ने धारणा अध्यक्ष पन्तको भनाई रहेको छ ।

राज्यले चासो दिएन् ः प्रदेश अध्यक्ष शाही

सरकारले उद्योग, धन्दा सरल रुपमा चलाउनका लागि औद्योगिक क्षेत्रको एकिकृत रुपमा सम्पूर्ण पूर्वाधारको विकास गरेको हुन्छ । जुन विकास नेपालको अन्य प्रदेशमा भइसकेको छ । तर कर्णाली प्रदेशमा वीरेन्द्रनगरको औद्योगिक क्षेत्र धेरै पुरानो भएता पनि प्राप्त उद्योग व्यापार गर्ने मानिसलाई जग्गा उपलब्ध गराउन नसकिने अवस्था भएको उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले बताएका छन् ।

कुनै पनि उद्योगीले कर्णालीमा आएर महङ्गो जग्गा लिएर उद्योग राख्न, स्थापना गर्न नसक्ने बताए । उनले भने, ‘सरल ढङ्गले उद्योगी, व्यवसायहरुलाई एकिकृत रुपमा पूर्वाधार विकास गरेर एउटा औद्योगिक क्षेत्र निर्माण गरेर जुन कुरा राज्यको स्वतन्त्रलाई टेवा पु¥याउने उद्योग, उत्पादनले नै हो र आयात विस्थापित गर्ने पनि उद्योग ले नै हो ।’ यो अभाव भएकाले औद्योगिक क्षेत्र कर्णालीमा छिटो भन्दा छिटो स्थापना हुन आवश्यक रहेको निजि क्षेत्रको धारणा भएको उनको भनाई छ ।

राज्यको निकाय, उद्योग मन्त्रालयमा निजि क्षेत्रबाट बारम्वार यस बारे पहल गरिरहे पनि कर्णालीलाई जति चासो दिनुपर्ने हो त्यति चासो भने नदिएको प्रदेश अध्यक्ष शाहीको भनाई छ ।

फिडर लाइन जोड्ने काम ठप्प

नेपाल विधुत प्राधिकरण वितरण केन्द्र सुर्खेतले डाइरेक्ट (सिधै फिडर) लाइन जोड्नका लागि बजेट दिएर काम थालनी गरेको थियो । अहिले भने डाइरेक्ट लाइन जोड्ने काम ठप्पनै छ । फिडर छुट्टै दिने काम भएकाले त्यसको लागि ब्रोकर नभएको विद्युत प्राधिकरण कार्यालय, सुर्खेतका प्रमुख अशोक लोहनीले बताए ।

सर्भिसिङ्मा अपग्रेड नभएकाले र ब्रेकर, केवल छुट्टै नभएकाले काम अगाडी बढाउन नसकिएको प्रमुख लोहनीले जानकारी दिए । वीरेन्द्रनगर औद्योगिक गेटदेखि भित्र जडान गर्न स्टेक्चर नै नबनाएको बताए । सव स्टेशन अपग्रेट हँुदै गरेका कारण काम ढिला भएको र एक ठाउँ जग्गामा विवाद भएकाले अगाडी नबढेको प्रमुख लोहनीले बताए ।

विद्युतकै समस्यामा वीरेन्द्रनगर औद्योगिक क्षेत्र

२५ वर्षपछि सुर्खेतमा राष्ट्रिय भलिबल हुने

विद्युतकै समस्यामा वीरेन्द्रनगर औद्योगिक क्षेत्र

हराए चिठीपत्र, फेरिए हुलाकीको अवस्था