एक दिनको लागि जिसस जुम्लाको प्रमुख बनिन् ःगोमा चौलागाई

किशोरी गोमा चौलागाई जिल्ला समन्वय समिति जुम्लाको प्रमुख बनेकी छन् । उनी अन्तर्राष्ट्रिय दिवसको अवसरमा उनलाई जिसस प्रमुखको जिम्मेवारी दिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले बालिका चौलागाईलाई प्रमुखको जिम्मेवारी हस्तान्तरण गरेका हुन् । किशोरीको क्षमता विकास हुने उद्देश्यले एक दिने नेतुत्व हस्तान्तण गर्ने कार्यक्रमको रहेको प्लान नेपालका प्रतिनिधिले प्रेम विकले बताए । यो कार्यक्रम प्लान नेपाल र पेस नेपाल जुम्लाको समन्वयमा गरिएको हो ।

गाउँ समाजमा विद्यमान अवस्थामा रहेको बालविवाह, बहुविवाह, घरेलुहिंसा महिला हिंसा, बालश्रम, छुईप्रथा जस्ता कुस्कारलाई निरुत्साहित गर्ने पहल गरिने प्रमुख चौलागाईले बताइन् । उनले भनिन् यसमा सवै सरोकारवाला निकायको सहकार्य र समन्वयको आवश्यता रहेको छ । निकट भविश्वमा बालविवाह मुक्त गर्न पहल गर्ने निर्णय भएको छ ।

स्थानीय तहमा रहेको महिला तथा किशोरी लक्षित कार्यक्रमको प्रभावकारिताको अनुगमन गरिने र अनुगमनमा देखिएका कुराहरु सरोकारवाला समक्ष प्रस्तुत गर्ने पनि निर्णय भएको छ । किशोर किशोरी नेतृत्व विकासका लागि क्षमता विकासका तालिम सञ्चालन गर्ने निर्णय भएको छ ।

यस्ता कार्यक्रमले किशोर किशोरीको क्षमता बृद्धि विकासमा टेवा पुग्ने अपेक्षा गरिएको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले बताए

एक दिनको लागि जिसस जुम्लाको प्रमुख बनिन् ःगोमा चौलागाई

पेनडाउन गरेर पालिकाको गेटमा धर्ना

एक दिनको लागि जिसस जुम्लाको प्रमुख बनिन् ःगोमा चौलागाई

७ राउण्ड गोली सहित ३ जना पक्राउ