व्यथा लागेर थला परेकी महिलालाई सत्र घण्टापछि हेलिकोप्टरमार्फत उद्धार


हुम्ला।
हुम्लाबाट सुत्केरी व्यथा लागेर थला परेकी महिलालाई सत्र घण्टापछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
व्यथा लागेर थला पर्नुभएकी अदानचुली गाउँपालिका–४ की २३ वर्षीया राजकला ढकाल (पाण्डे)लाई हेलिकोप्टरबाट उद्धार गरेर कालागाउँस्थित सुर्खेत प्रदेश अस्पतालमा बिहीवार बिहान पु¥याएको सोही गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हंसबहादुर महताराले बताए ।

आमा र बच्चाको ज्यान बचाउन विभिन्न निकायमा पहल गरी बिहिवार बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको हो । पाण्डेको गर्भमा रहेको शिशुको यसै महिनाको २० गतेका लागि समय तोकिएको थियो ।

व्यथा लागेपछि श्रीनगर स्वास्थ्य चौकीमा भर्ना हुनुभएकी उहाँको जटिलस्थिति (ब्रिज प्रिजेन्टेसन) भएकाले बुधवार नै रिफर गरिए पनि यातायातको साधनको अभावमा बिहीवार बिहान मात्र सुर्खेत पु¥याएको उनको भनाइ थियो ।

पाण्डेको उद्धारका लागि प्रयोग भएको नेपाली सेनाको हेलिकोप्टर खर्च सङ्घीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उद्धार कार्यक्रमबाट बेहोरिने भएको छ ।

व्यथा लागेर थला परेकी महिलालाई सत्र घण्टापछि हेलिकोप्टरमार्फत उद्धार

हुड्के क्युरेनी साढे १७ किलोमिटर सडकको शिलान्यास

व्यथा लागेर थला परेकी महिलालाई सत्र घण्टापछि हेलिकोप्टरमार्फत उद्धार

लिट्मस केबल्सको –‘वायरिङ दमदार, घर शानदार योजना’